मुस्ताङमा ट्राफिक कारबाहीबाट १२ लाख ९६ हजार राजस्व संकलन « Khabarhub

मुस्ताङमा ट्राफिक कारबाहीबाट १२ लाख ९६ हजार राजस्व संकलन


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २७० सवारीसाधनलाई कारबाही गर्दा १२ लाख ९६ हजार ५०० राजस्व संकलन भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार साउनदेखि कात्तिकसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिएका सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा कारबाही गर्दा उक्त राजस्व संकलन भएको हो ।

कार्यालयका अनुसार साउनमा २९५ सवारीसाधनलाई कारबाही गर्दा तीन लाख सात हजार ५००, भदौमा ४७५ सवारीसाधनलाई कारबाही गर्दा चार लाख ९० हजार, असोजमा १६२ सवारीसाधनलाई कारबाही गर्दा एक लाख ६४ हजार ५०० र कात्तिकमा ३३८ सवारीसाधनलाई कारबाही गर्दा तीन लाख ३४ हजार ५०० राजस्व संकलन भएको छ ।

भदौमा सबैभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । असोजमा बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकखण्ड दुई सातासम्म अवरुद्ध हुँदा सवारीसाधनको आवागमन घटेकाले कारबाही र राजस्व संकलन पनि कम भएको प्रहरी निरीक्षक महतले बताए।

मुस्ताङमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालनाका लागि ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ८६४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । 

ती कार्यक्रममा उच्च हिमाली क्षेत्रमा लेक लाग्ने समस्याबाट बच्ने उपाय, ट्राफिक नियमको पालना, सवारी दुर्घटना न्यूनीकरण तथा मादक र लागूऔषध सेवन गरी सवारी चलाउनेविरुद्धको सचेतना समेटिएका छन् ।

जिल्ला ट्राफिक कार्यालय मुस्ताङमा १० जनाको दरबन्दी रहेकामा हाल नौ जना कार्यरत छन् । तीमध्ये दुई जना म्याग्दी र मुस्ताङको सिमाना घाँसा प्रहरी चेकपोस्टमा खटिएका छन् भने सात जना सदरमुकाम जोमसोममा ट्राफिक व्यवस्थापनमा परिचालित छन् । पर्यटकीय याममा कागबेनी र मुक्तिनाथ क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरिने प्रहरी निरीक्षक महतले बताए।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ५ : १० बजे

एनपीएल फाइनलको टिकट ‘सोल्ड आउट’ भएपछि दर्शक आक्रोशित, क्यानले माग्यो माफी

काठमाडौं- काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत फाइनल

मुस्ताङमा ट्राफिक कारबाहीबाट १२ लाख ९६ हजार राजस्व संकलन

मुस्ताङ– मुस्ताङमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ट्राफिक नियम

प्रधानमन्त्रीलाई निधिको सुझाव : भारत भ्रमणमा जनकपुरधाम–अयोध्या हवाई सेवा प्रस्ताव गर्नू

जनकपुरधाम- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

गण्डकी– निर्वाचन आयोगको २०औँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज

मधेसमा सरकार गठन अन्योलमा, कुनै दलले दाबी पेस गर्न सकेन

जनकपुरधाम- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहमति जुट्न