रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले सम्हाल्ने « Khabarhub

रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले सम्हाल्ने


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन जना मन्त्रीले पदबाट राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने भएकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि, तथा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीलाई दिने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएपछि उनीहरूले सम्हाल्दै आएका मन्त्रालय रिक्त भएका थिए।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : २२ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म