किमद्वारा उपप्रधानमन्त्री सुङ होलाई बर्खास्त « Khabarhub

किमद्वारा उपप्रधानमन्त्री सुङ होलाई बर्खास्त


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सियोल– उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ होलाई पदबाट बर्खास्त गरेका छन्।

राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार एक महत्त्वपूर्ण औद्योगिक मेसिनरी कम्प्लेक्सको उद्घाटनका क्रममा उच्च अधिकारीहरूमा देखिएको ‘अक्षमता, गैरजिम्मेवारी र निष्क्रियता’प्रति किमले असाधारण रूपमा कडा र सार्वजनिक आलोचना गरेका थिए।

कोरियन सेन्ट्रल न्युज एजेन्सी ‘केसिएनए’ का अनुसार किमले याङलाई ‘घटनास्थलमै’ पदमुक्त गर्न आदेश दिएका हुन्। उनले ‘गैरजिम्मेवार, अशिष्‍ट र अयोग्य’ अधिकारीहरूलाई कडा शब्दमा हप्काउँदै ‘कृपया, कमरेड भाइस प्रिमियर, धेरै ढिलो हुनुअघि नै आफैँ राजीनामा दिनुहोस्’ भनेको केसिएनएले उद्धृत गरेको छ।

आणविक हतियार सम्पन्न उत्तर कोरिया अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण गम्भीर आर्थिक चुनौती र दीर्घकालीन खाद्यान्न अभावसँग जुध्दै आएको छ। किमले विगतमा पनि आर्थिक नीतिको कथित कमजोर कार्यान्वयनका लागि अधिकारीहरूको आलोचना गर्दै आएका छन्। तर यसरी खुला रूपमा बर्खास्त गर्नु दुर्लभ मानिन्छ।

सोमबार हामग्योङ प्रान्तमा रहेको उक्त औद्योगिक कम्प्लेक्सको अवलोकनका क्रममा किमले ‘लामो समयदेखि पराजयवाद र निष्क्रियतामा फसेका’ कार्यकर्ताहरूले राज्यको विकासमा अवरोध पुर्‍याएको बताए। याङ ‘भारी जिम्मेवारी वहन गर्न अयोग्य’ रहेको टिप्पणी गर्दै उनले क्याडर नियुक्तिमा भएको ‘आकस्मिक गल्ती’ स्वीकार गरे। ‘गाडी तान्ने गोरु हो, बाख्रा होइन’ भन्दै किमले प्रभावकारी र सक्षम नेतृत्वको आवश्यकता औँल्याए।

राज्य मिडियाले सार्वजनिक गरेका तस्बिरमा किम चिसो उत्तरपूर्वी क्षेत्रमा कामदारहरूमाझ कठोर भावमा सम्बोधन गरिरहेका देखिन्छन्। उत्तर कोरियाले लामो समयदेखि सेनालाई प्राथमिकता दिँदै आएको छ भने कमजोर पूर्वाधार, वन विनाश र दशकौँको खराब व्यवस्थापनका कारण बाढी र खडेरीजस्ता प्राकृतिक विपद्को जोखिममा रहेको छ।

युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका विज्ञ याङ मू–जिनका अनुसार नयाँ मेसिनरी कम्प्लेक्स उत्तरपूर्वी क्षेत्रलाई दक्षिणतर्फ वोनसनसँग जोड्ने औद्योगिक बेल्टको हिस्सा हो। यसले देशको कुल मेसिनरी उत्पादनको करिब १६ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ। उनका अनुसार याङको सार्वजनिक बर्खास्ती सत्तारूढ पार्टीभित्र अनुशासन कडा बनाउने र अधिकारीहरूलाई चेतावनी दिने रणनीतिसँग जोडिएको छ।

प्योङयाङ आगामी पाँच वर्षमा पहिलो पटक हुन लागेको पार्टी सम्मेलनको तयारीमा छ। विश्लेषकहरूका अनुसार सम्मेलनमा आर्थिक नीति, रक्षा र सैन्य योजना मुख्य एजेन्डा बन्ने सम्भावना छ। गत महिना किमले शीर्ष नेताहरूको बैठकमा पार्टीभित्र देखिएका भ्रष्टाचारजन्य प्रवृत्ति र अनुशासनहीनतालाई पूर्ण रूपमा समाप्त गर्ने प्रतिबद्धता जनाएका थिए। राज्य मिडियाले यसलाई ‘दुष्टता’ र हाल देखिएको ‘विचलन’का रूपमा उल्लेख गरेको छ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : ३६ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि