काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन्।
पौडेलले आज अपराह्न ३ बजे बसुन्धरास्थित त्रियोग स्कुलबाट र्यालीसहित उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय जाने कार्यक्रम तय भएको छ। र्यालीमा कांग्रेसका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने बताइएको छ।
काठमाडौं ५ मा काङ्ग्रेसका प्रभावशाली नेताका रूपमा परिचित पौडेलको उम्मेदवारीलाई पार्टीले विशेष महत्त्वका साथ लिएको छ। काङ्ग्रेसले यस क्षेत्रलाई जित सुनिश्चित गर्नुपर्ने प्राथमिक क्षेत्रका रूपमा राखेको छ।
यसअगाडि पनि पौडेलले काठमाडौं ५ बाट जितेका थिए ।














प्रतिक्रिया