काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण महतको तस्बिर भाइ डा. प्रकाशशरण महतले सार्वजनिक गरेका छन् ।
मंगलबार निर्वाचनमा उम्मेदवारी दर्ता गर्न अगाडि दाजुबाट आर्शीवाद ग्रहण गरेको भन्दै डा. महतले तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका हुन् ।
लामो समयदेखि अल्जाइमर्सबाट पीडित रहेका पूर्वअर्थमन्त्री महत भाइले सार्वजनिक गरेको तस्बिरमा पत्रिका पढ्दै गरेको देखिएको छ ।
डा। प्रकाशशरण महत आगामी फागुन २१ गते हुने निर्वाचनमा नुवाकोट १ बाट प्रतिस्पर्धा गर्दैछन् ।













प्रतिक्रिया