काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध शोभा पाठकले उम्मेदवारी दर्ता गराएकी छन् । भक्तपुर २ को निर्वाचन अधिकृतको कार्यालय पुगेर पाठकले मनोनयन दर्ता गरेकी हुन् ।
शोभाले महेश बस्नेतमाथि आफूलाई बलात्कार गरेको आरोप लगाउँदै आएकी थिइन् । उनले महेशविरुद्ध प्रहरीदेखि अदालतसम्म मुद्दा हालेकी छन् ।
उनले सामाजिक सञ्जालमा लाइभ बसेर महेशविरुद्ध अनेक आरोप पनि लगाउने गरेकी छन् ।
यो क्षेत्रमा एमालेका बस्नेतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीसहित प्रतिस्पर्धामा छन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


















प्रतिक्रिया