निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध « Khabarhub

निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाठौं– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्  ।

मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीसंगको छलफलका क्रममा अर्यालले सुरक्षा निकायको समेत मनोबल उच्च राख्नेदेखि निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

अर्यालले प्रदेशगत रुपमा सुरक्षा गोष्ठी गरेर एकीकृत सुरक्षा योजना कार्यान्वयन भएको जानकारी दिए । उनले भयरहित वातावरणमा निर्वाचन गराउन शान्ति सुरक्षाको सुदृढ व्यवस्था गरिने बताए ।

विगतको तुलनामा हाल शान्ति सुरक्षाको स्थिति सुदृढ हुँदै गएको उल्लेख गदै अर्यालले शान्तिपूर्ण रुपमा निर्वाचन सफल पार्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे । 

एकीकृत सुरक्षा योजना पूर्ण कार्यान्वयनका साथ निर्वाचनका निम्ति शान्ति सुरक्षा प्रभावकारी बनाइएको गृह मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ३ : ५१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म