कञ्चनपुर–२ मा एनपी साउदले दर्ता गरे उम्मेदवारी « Khabarhub

कञ्चनपुर–२ मा एनपी साउदले दर्ता गरे उम्मेदवारी


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

उनले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा मंगलबार कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वपरराष्ट्रमन्त्री साउद गत निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

उक्त निर्वाचनमा उनले २८ हजार १३६ मत ल्याएका थिए । साउदका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर धामीले २१ हजरा ६८२ मत प्राप्त गरेका थिए ।

कञ्चनपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झंकरराज जोशी ४ हजार ९३७ मतसहित तेस्रो भएका थिए ।

यो क्षेत्रमा यसपल्ट रास्वपाले दीपक बोहरालाई उम्मेदवार बनाएको छ । यस्तै एमालले बचनबहादुर सिंह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले माधव पन्तलाई अघि सारेको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ४ : ५० बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र