काठमाडौं- १ मा बाबुराम आचार्य कांग्रेसका बागी उम्मेदवार « Khabarhub

काठमाडौं- १ मा बाबुराम आचार्य कांग्रेसका बागी उम्मेदवार


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा बाबुराम आचार्य बागी उम्मेदवार बनेका छन् ।

काठमाडौं–१ बाट उम्मेदवारका रूपमा सिफारिस भएका आचार्यले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसले उक्त क्षेत्रमा प्रबल थापालाई उम्मेदवार बनाएको छ । काठमाडौँ–१ बाट बाबुराम आचार्य र प्रकाशमान सिंहसहितका नेता उम्मेदवारका रूपमा सिफारिस भएका थिए ।

तर सिफारिस सूचीमै नपरेका प्रबल थापालाई उम्मेदवार बनाइएपछि आचार्य असन्तुष्ट बनेका हुन् । यही असन्तुष्टिका कारण उनले कांग्रेसको आधिकारिक टिकटविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

आचार्य हालसालै त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा तथा आम सञ्चारमा स्नातकोत्तर गरेका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ४ : ५६ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको