सहकारी ठगीमा पर्सा अदालतले करोड धरौटी मागेपछि रविको प्रतिक्रिया : यसको हिसाब फागुन २१ गते हुनेछ « Khabarhub

सहकारी ठगीमा पर्सा अदालतले करोड धरौटी मागेपछि रविको प्रतिक्रिया : यसको हिसाब फागुन २१ गते हुनेछ

मनोनयनका दिन पनि अदालततिर धाउँदै


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगीसम्बन्धी मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ।

मंगलबार अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै लामिछानेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्।

लामिछानेले फेसबुकमा लेख्दै देश निर्वाचनमय वातावरणमा रहेको र मनोनयन दर्ताको रौनक चलिरहे पनि आफू त्यसमा पूर्ण रूपमा सहभागी हुन नसकेको बताएका छन्।

उनले एकैदिन पर्सा, काठमाडौं र रूपन्देहीका अदालतमा आफ्ना मुद्दाको सुनुवाइ भइरहेको उल्लेख गरेका छन्।

पर्सा जिल्ला अदालतबाट निस्किएको जानकारी दिँदै उनले चितवन–२ मा आफ्ना शुभेच्छुकहरू बाटो कुरेर बसेको र समय मिलेसम्म आफैँ मनोनयन दर्ताका लागि उपस्थित हुने प्रयासमा रहेको बताएका छन्। नसकिएमा वारेसमार्फत् मनोनयन दर्ता गरिने उनको भनाइ छ।

फेसबुकमार्फत् उनले आफूमाथि अन्याय र अत्याचार भएको दाबी गर्दै त्यसको हिसाब नेपाली जनताले फागुन २१ गते मतदानमार्फत दिने उल्लेख गरेका छन्।

सहकारीसँग आफू कहिल्यै नजोडिएको दाबी गर्दै प्रमाणविहीन रूपमा मुद्दा लगाइएको आरोपसमेत उनले लगाएका छन्।

लामिछानेले अन्त्यमा आफू ‘अभिमन्यु नभएको’ उल्लेख गर्दै राजनीतिक र कानुनी लडाइँबाट पछि नहट्ने संकेत गरेका छन्।

उनीमाथि देशका पाँचवटा जिल्लामा सहकारी ठगीसम्बन्धी मुद्दा विचाराधीन छन्।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ५ : २० बजे

दुई अमेरिकी युद्धपोतले ‘स्ट्रेट अफ हर्मुज’बाट पार गरे

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी