दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १४ वटा राजनीतिक दलबाट १४ जना र २० जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।
दलतर्फ नेपाली कांग्रेसबाट अजयबाबु शिवाकोटी, नेकपा एमालेबाट पार्वत गुरुङ, नेकपा(नेकपा)बाट विशाल खड्का, राप्रपाबाट प्रविण थोकर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदीश खरेल र उज्यालो नेपाल पार्टीबाट निमादोर्जी लामाले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी राष्ट्रिय परिवर्तन पार्टी, आमजनता पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), श्रम संस्कृति पार्टीलगायतका साना दलका उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन्।













प्रतिक्रिया