आज २०८२ साल फागुन ८ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन ८ गते शुक्रबारको राशिफल


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन ८ गते शुक्रबार तदनुसार सन् २०२६ फेब्रुअरी २० तारिख । फागुन शुक्ल पक्षको तृतीया तिथि । सामाजिक न्याय  दिवस ।  ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश:

मेष : सोचेका काम नबन्ने जोखिम छ । बोल्दा विवेक प्रयोग गर्नु उचित हुन्छ । सञ्चित धन खर्च हुनेछ । विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृष : दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ । बनाएको योजना सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ ।

मिथुन : आज बोलीको प्रभावले विग्रन लागेका काम बन्ने सम्भावना छ । मन शान्त बन्नेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । रोजगारीको अवसर स्वदेशमै बन्नेछ।

कर्कट : व्यवहार गर्दा सचेत नहुँदा हरेक काममा समस्या हुनसक्छ । सानो कुराले मन अशान्त बन्नेछ । शिक्षाको क्षेत्रमा अवरोध भए पनि मिहिनेत निरन्तर गरेमा सफलता मिल्नेछ ।

सिंह : दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्ने दिन छ। मिहिनेतको फल प्राप्त हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

कन्या : दिन उत्तम छ । सोचेका हरेक काम बन्नेछन् । साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

तुला : बोलीमा ख्याल नगर्दा पश्चाताप हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ । साना कुराले मन अशान्त हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ ।

वृश्चिक : शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । नाम र दाम दुवै कमाउने योग छ । सोचेर बोल्नुपर्ने समय आएकाले सचेत बन्नुपर्नेछ । शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ ।

धनु : व्यवहारमा सचेत भएर अगाडि नबढ्दा समस्या बढ्नेछ। सानो कुराले महत्त्वपूर्ण काम अवरुद्ध हुने जोखिम छ । दाजुभाइसँगको सहकार्य फलदायी हुने योग छ । विपक्षी समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ ।

मकर: आज नसोचेको ठाउँमा सञ्चित धन खर्च हुनेछ । हरेक काम गर्नु अगाडि सोच्नु उपयुक्त हुन्छ । संकटमा परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भ : दिन राम्रो छ । तपाईंलाई आज आकस्मिक लाभ हुन सक्छ । पुराना साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ । पारिवारिक मेलमिलाप हुने भएकाले दिन सहज बन्नेछ ।

मीन : आज राम्रो परिणाम आउने योग परेको छ । धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। मन शान्त बन्नेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ५ : १९ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना