विश्वकप : समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै « Khabarhub

विश्वकप : समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै

शनिबारदेखि सुपर एटको प्रतिस्पर्धा


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार समूह चरणको एउटा अन्तिम खेल हुँदैछ । समूह चरण अन्तर्गत अन्तिम खेलमा समूह ‘बी’बाट बाहिरिसकेका विश्व विजेता अस्ट्रेलिया र ओमान भिड्दैछन् ।

ओमान र अस्ट्रेलियाको खेल शुक्रबार साँझ ७ बजेर १५ मिनेटमा सुरु हुँदैछ । यो खेल श्रीलंकाको पालिखेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

समूह चरणका दुई खेल गुमाएको अस्ट्रेलिया र तीन खेल गुमाएको ओमानको खेल प्रतिष्ठाको लडाइँका रुपमा रहेका छन् । विश्वकपमा आयरलाइन्डलाई ६७ रनले हराउँदै विजयी सुरुवात गरेको अस्ट्रेलियाले त्यसपछि जिम्बाबेसँग २३ रन र श्रीलंकासँग ८ विकेटको हारको सामना गरेको छ । समूह चरणबाटै बाहिरिनु अस्ट्रेलियाका लागि यो विश्वकप दुःखद् बनेको छ ।

ओमानले भने अहिलेसम्म खाता खोल्न सकेको छैन । पहिलो खेलमा जिम्बाबेसँग आठ विकेटले पराजित भएको ओमान दोस्रो खेलमा श्रीलंकासँग १०५ रन र तेस्रो खेलमा आयरलाइन्डसँग ९६ रनले चुकेको हो । समूह चरणको यो अन्तिम खेल हो ।

शनिबारदेखि सुपर एटका खेल हुँदैछन् । २० टोली सहभागी विश्वकपबाट १२ देश बाहिरिँदा आठ देश सुपर आठ प्रवेश गरेका छन् ।

दुई समूहमा विभाजन गरिएको सुपर आठमा हरेक देशले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । यो प्रतिस्पर्धामा दुई समूहका शीर्ष चार टिमले सेमिफाइनल खेल्नेछन् ।

विश्वकप सुपर एडको समूह–१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बाबे छन् । सामूह–२ मा भने इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

सुपर आठको पहिलो खेलमा शनिबार पाकिस्तान र न्युजिल्यान्ड भिड्दैछन्। यो खेल शनिबार साँझ ७ बजेर १५ मिनेटमा श्रीलंकाको कोलम्बुमा सुरु हुँदैछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ६ : ५५ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका