विश्वकप : समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै « Khabarhub

विश्वकप : समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै

शनिबारदेखि सुपर एटको प्रतिस्पर्धा


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार समूह चरणको एउटा अन्तिम खेल हुँदैछ । समूह चरण अन्तर्गत अन्तिम खेलमा समूह ‘बी’बाट बाहिरिसकेका विश्व विजेता अस्ट्रेलिया र ओमान भिड्दैछन् ।

ओमान र अस्ट्रेलियाको खेल शुक्रबार साँझ ७ बजेर १५ मिनेटमा सुरु हुँदैछ । यो खेल श्रीलंकाको पालिखेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

समूह चरणका दुई खेल गुमाएको अस्ट्रेलिया र तीन खेल गुमाएको ओमानको खेल प्रतिष्ठाको लडाइँका रुपमा रहेका छन् । विश्वकपमा आयरलाइन्डलाई ६७ रनले हराउँदै विजयी सुरुवात गरेको अस्ट्रेलियाले त्यसपछि जिम्बाबेसँग २३ रन र श्रीलंकासँग ८ विकेटको हारको सामना गरेको छ । समूह चरणबाटै बाहिरिनु अस्ट्रेलियाका लागि यो विश्वकप दुःखद् बनेको छ ।

ओमानले भने अहिलेसम्म खाता खोल्न सकेको छैन । पहिलो खेलमा जिम्बाबेसँग आठ विकेटले पराजित भएको ओमान दोस्रो खेलमा श्रीलंकासँग १०५ रन र तेस्रो खेलमा आयरलाइन्डसँग ९६ रनले चुकेको हो । समूह चरणको यो अन्तिम खेल हो ।

शनिबारदेखि सुपर एटका खेल हुँदैछन् । २० टोली सहभागी विश्वकपबाट १२ देश बाहिरिँदा आठ देश सुपर आठ प्रवेश गरेका छन् ।

दुई समूहमा विभाजन गरिएको सुपर आठमा हरेक देशले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । यो प्रतिस्पर्धामा दुई समूहका शीर्ष चार टिमले सेमिफाइनल खेल्नेछन् ।

विश्वकप सुपर एडको समूह–१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बाबे छन् । सामूह–२ मा भने इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

सुपर आठको पहिलो खेलमा शनिबार पाकिस्तान र न्युजिल्यान्ड भिड्दैछन्। यो खेल शनिबार साँझ ७ बजेर १५ मिनेटमा श्रीलंकाको कोलम्बुमा सुरु हुँदैछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ६ : ५५ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट