बीलबिजकबिना अवैध सामग्री नबोक्न आग्रह « Khabarhub

बीलबिजकबिना अवैध सामग्री नबोक्न आग्रह


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा भन्सार महसुल तिरेर मात्र निकासी गर्न नेपाल प्रहरीले व्यवसायी तथा सवारीसाधनका चालकलाई आग्रह गरेको छ । नियमानुसार ल्याउन छुट भएका सामग्री कानुनी प्रक्रिया पूरा नगरी ओसारपसार गर्ने क्रम बढेपछि यस्तो आग्रह गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख अशोक थापाका अनुसार केही  व्यवसायीले खेताला प्रयोग गरी थोरै परिमाणका सामान पटकपटक मितेरी पुल पार गराएर टिमुरे पुर्‍याउने र त्यसपछि सार्वजनिक सवारीसाधनमार्फत त्रिशूली तथा काठमाडौँ लैजाने प्रवृत्ति बढेको पाइएपछि उक्त कार्य रोक्न प्रहरी सक्रिय बनेको हो । 

यस्तो गतिविधिले राज्यको राजस्व छलिने भएका कारण सवारीसाधनमा अवैध सामग्री नबोक्न चालकलाई अनुरोध गरिएको उनले बताए ।
        
प्रहरीका अनुसार सवारीसाधन जाँचका क्रममा अस्वाभाविक रूपमा खुद्रा सामान लुकाई छिपाइ ल्याउने घटना पटकपटक फेला परेपछि त्यस्ता सामग्री बरामद गरी सम्बन्धित निकायलाई बुझाउने गरिएको छ ।

खुला ट्रक लिएर केरूङ जाने र फर्कँदा लोड गरेर ल्याएका विद्युतीय उपकरणभित्रका खाली स्थानमा चिनियाँ चुरोट तथा मदिरालगायत विभिन्न सामग्री लुकाएर ल्याउने गरेको पाइएको छ ।
     
चेकपोस्टमा ठूला–साना सबै सवारीसाधनको नियमित जाँच भइरहेको र इभी मोटरभित्रका सम्भावित लुकाउने ठाउँमा विशेष निगरानी राखिएको प्रहरीले जनाएको छ ।

चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म विभिन्न मितिमा सशस्त्र प्रहरी बलले ११ लाख २८ हजार रुपैयाँ तथा नेपाल प्रहरीले एक लाख ८५ हजार रुपैयाँ बराबरका सामग्री बुझाएको छ ।

 यस्तै भन्सार कार्यालयले ६२ लाख ७५ हजार बराबरको अवैध माल सामग्री बरामद गरेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भटृराईले जानकारी दिए । 

प्रहरीले कानुनविपरीत सामग्री बोकेमा चालक, व्यवसायी र सम्बन्धित व्यक्तिलाई कारबाही हुने उल्लेख गर्दै सबैलाई राज्यद्वारा निर्धारण गरिएको मापदण्डअनुसार मात्र सामान आयात–निकासी गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ६ : ३६ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध