गायक कृष्ण बिकको होरीमा राजेश हमाल र उषा खड्कीको अभिनय « Khabarhub

गायक कृष्ण बिकको होरीमा राजेश हमाल र उषा खड्कीको अभिनय


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक कृष्ण बिक र गायिका समिक्षा अधिकारीको स्वर रहेको ‘होरी’ बोलको गीतको सार्वजनिक गरिएको छ । सुदुरपश्चिममा चर्चामा रहेको भाकालाई राष्ट्रियकरण गर्नका लागि गायक कृष्ण र उनको टिमले लामो समयदेखिको प्रयासलाई होली गीत होरीका माध्यमबाट देखाउन खोजेका छन् ।

जसमा महानायक राजेश हमाल, पूर्व मिस नेपाल उषा खड्की, मनोज मर्हजन र बिन्दिया बुढाथोकीको अभिनय देख्न सकिन्छ । भक्तपुरका विभिन्न स्थानमा २ दिन लगाएर छायांकन गरिएको भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत महत्वलाई उजागर गरेको छ । सुदुरको संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले लामो समयको प्रयासपछि ‘होरी’ आम दर्शक श्रोतामाझ आएको निर्देशक सरोज खड्का बताउँछन् ।

भिडियोमा राजेश र उषाका माध्यमबाट सुदुरपश्चिमको कला र संस्कृतिलाई देखाउने काम गरिएको छ । राम अबिरल बिष्टको शब्द सृजना रहेको गीतमा दीपक आरजेको संगीत रहेको छ ।

पवन सुस्लिगंको छायांकन रहेको गीतको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । देउसिंह ओराको कोरियोग्राफी रहेको होरी गायक स्वयम कृष्ण बिकको अफिसियल च्यानलबाट बजारमा आएको हो ।

कृष्ण डेढ दशकभन्दा बढी समयदेखि नेपाली संगीतमा सक्रिय गायक हुन् । उनका ‘आँखा मार्ने’ ‘रातो टिकी’ ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’, ‘यानि माया’, ‘रानी माया’, ‘रातो टिकी’, ‘राधा पियारी’, ‘नीरमाया’सहित २ दर्जन बढी गीत बजारमा आईसकेका छन् । जसमध्ये उनका अधिकांश गीतहरु हिट छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १० : १७ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)