नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल « Khabarhub

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको छ। बिहीबार बेलुका काठमाडौंको एक होटलमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्यालबीच संवादपछि शुक्रबारबाट सम्भावित  मन्त्रीहरूबारे  छलफल अघि बढेको हो ।

रवि र बालेन दुवै पक्षबाट केही मन्त्रालयमा एकैजनाको नाम आएको छ । केही मन्त्रालयमा नाम फाइनल भएको छैन। 

‘दुवै नेताले केही मन्त्रालयमा एउटै व्यक्तिलाई चाहनुभएको छ।  अन्य धेरै मन्त्रालयका पात्रबारे  छलफल हुँदैछ । बिहीबार बेलुकाबाट त्यो सुरु भएको छ’, पार्टीका एक नेताले भने, ‘आज  दिउँसो छलफल गर्ने योजना बनाएका छौं ।’

बिहीबार मन्त्रालयमा पठाउने व्यक्ति, संसदीय दलको उपनेता, प्रमुख सचेतक सचेतक लगायत जिम्मेवारीमा कानुन बुझेको व्यक्ति पठाउनुपर्नेबारे छलफल चलेको थियो । 

मन्त्रिपरिषद्सँगै नेताहरूले सभामुख, प्रमुख सचेतक, सचेतक र संसदीय दलको उपनेताको विषयमा पनि छलफल गरिरहेका छन् ।

पार्टीमा सभामुख र प्रमुख सचेतक पद नेतृत्व गर्न सक्ने क्षमता भएको व्यक्तिलाई दिनुपर्ने आवाज उठिरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ११ : १९ बजे

मोटोपना घटाउन दक्षिण एसियाली १० विज्ञका १० टिप्स

काठमाडौं– पछिल्लो समय अस्वस्थ खानपान र विलासी जीवनशैलीका कारण मोटोपना

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटलमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति