स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी निर्देशिका कार्यान्वयन « Khabarhub

स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी निर्देशिका कार्यान्वयन


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन गर्दै समावेशी सेवा सुनिश्चित गर्न लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याएको छ ।

निर्देशिकाले स्वास्थ्य सेवा योजना, बजेट निर्माण, कार्यान्वयन तथा अनुगमनका सबै चरणमा लैङ्गिक दृष्टिकोण समावेश गर्नुपर्ने व्यवस्था गरेको छ । यसमार्फत महिला, पुरुष, बालबालिका तथा अन्य कमजोर वर्गबीच रहेको असमानता न्यूनीकरण गर्दै सबैलाई समान रूपमा स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने लक्ष्य लिइएको छ ।

मन्त्रालयका अनुसार यो प्रणाली केवल महिलामै केन्द्रित नभई सबै नागरिकका फरक–फरक आवश्यकतालाई ध्यानमा राखी न्यायपूर्ण रूपमा स्रोत साधन वितरण गर्ने अवधारणामा आधारित छ । यसले बजेट विनियोजनदेखि खर्चसम्मको प्रक्रियामा लैङ्गिक प्रभावको मूल्यांकन गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

निर्देशिकामा स्वास्थ्य नीति तथा कार्यक्रमहरूको लैङ्गिक विश्लेषण, तथ्याङ्क संकलन तथा वर्गीकरण, र बजेटको प्रभाव मूल्यांकन गर्ने व्यवस्था समेटिएको छ। साथै, बजेटलाई प्रभावकारी बनाउन विभिन्न सूचक र उपकरण प्रयोग गर्ने पनि उल्लेख गरिएको छ ।

नेपालको संविधानले सुनिश्चित गरेको लैङ्गिक समानता तथा दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यसँग मेल खाने गरी यो निर्देशिका तयार गरिएको मन्त्रालयले जनाएको छ। यसले स्वास्थ्य सेवामा पारदर्शिता, उत्तरदायित्व र समावेशीतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सरोकारवाला निकायबीच समन्वय गर्दै निर्देशिकालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। साथै, स्वास्थ्य क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरूलाई समेत यसमा सहभागी गराउने योजना रहेको छ ।

यस्तो बजेट प्रणालीले स्वास्थ्य क्षेत्रमा रहेको लैङ्गिक असमानता घटाउन तथा सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ११ : ५९ बजे

मोटोपना घटाउन दक्षिण एसियाली १० विज्ञका १० टिप्स

काठमाडौं– पछिल्लो समय अस्वस्थ खानपान र विलासी जीवनशैलीका कारण मोटोपना

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटलमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति