झापामा आठ महिनामा सात सय १७ घरेलु तथा साना उद्योग थपिए « Khabarhub

झापामा आठ महिनामा सात सय १७ घरेलु तथा साना उद्योग थपिए


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्म जिल्लामा सात सय १७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी खीना तिम्सिनाका अनुसार उक्त अवधिमा कार्यालयमा उद्योगतर्फ ३१६ र वाणिज्यतर्फ ४०१ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ ६३५ र वाणिज्यतर्फ ६२७ उद्योग नवीकरण गरिएका छन् ।

सूचना अधिकारी तिम्सिनाका अनुसार जिल्लामा चालु आवको पहिलो आठ महिनामा उद्योगतर्फ एक सय २५ र वाणिज्यतर्फ ८८ गरी दुई १३ उद्योग खारेज हुँदा १२ उद्योगको ठाउँसारी, ३३ उद्योग नामसारी, २३ उद्योगको नाम परिवर्तन तथा ३९ उद्योगले उद्देश्य थपेका छन् । 

कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका उनले बताए।

कार्यालयले  चालु आवका आठ महिनामा विभिन्न शीर्षकमा एक करोड ३५ लाख ५९ हजार आठ सय राजस्व संकलन गरेको छ । 
 

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  १२ : १९ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले