‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’  « Khabarhub

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढेको निष्कर्ष निकालेको छ ।

शुक्रबार काठमाडौंमा निर्वाचन पर्यवेक्षणका निष्कर्ष सार्वजनिक गर्दै नागरिक समाजले मतदाता शिक्षा सामाग्री वितरण र पहुँचमा क्षेत्रगत असमानता रहेको पाइएको र मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढेको जनाएको हो । 

त्यस्तै मतदाता नामावली त्रुटिपूर्ण रहेको, मतदानका दिनसम्म पनि मतदान केन्द्रको ३०० मिटर परिधिभित्र प्रचार सामाग्री नहटाइएको पाइएको गैरसरकारी संस्था महासंघ, नेपाल तथा नागरिक समाज प्रतिनिधिमण्डलका अध्यक्ष अर्जुन कुमार भट्टराईले जानकारी दिए ।

त्यस्तै उनले निर्वाचन खर्चको पारदर्शीताका साथै वैध स्रोतबारे अध्ययन गर्न निर्वाचन आयोगलाई सुझाव दिए । निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन सुरक्षा निकायबीच समन्वय सुदृढका साथै बढ्दो खर्च घटाउनेतर्फ पनि आगामी दिनमा पहल गरिनुपर्ने उनले बताए ।

त्यसैगरि समाजले निर्वाचन सम्बन्धी कानुन र ऐनहरू संशोधन गरी अन्तरजिल्ला र देश बाहिर रहेका नेपाली नागरिकलाई मतदान सुनिश्चितको व्यवस्था गर्न पनि सुझाव दिएको छ भने विभिन्न चूनौतिकाबीच तोकिएको समयमा नै निर्वाचन सम्पन्न गरेर सरकारले लिएको दायित्व जिम्मेवारीपूर्ण सम्पन्न गरेको निष्कर्ष निकालेको छ । 

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  २ : ०७ बजे

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति

साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार०का लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६

आज २०८३ साल साउन २५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६