ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो « Khabarhub

ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन । बलात्कार जस्ता जघन्य अपराधबाट पीडित महिलालाई पनि साइबर बुलिङको शिकार बनाइने गरिएको छ। सर्वसाधारण महिलादेखि कहलिएका महिला कलाकारहरू पटक पटक यस्ता आक्रमणको शिकार हुने गरेका छन् ।

चिनिएका महिला कलाकारहरूलाई पनि फरक विचार राखेकै कारण आक्रमण गरिने गरिएको छ। आफ्ना स्वतन्त्र अभिव्यक्ति र ‘एन्टी करेन्ट’ विचार राखेकै कारण उनीहरू साइबर बुलिङमा पर्दै आएका छन् ।

अहिले साइबर बुलिङको शिकार मोडल तथा गायिका ज्योति मगर बनेकी छन् । उनी नेकपा एमालेको समर्थनमा उत्रिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकबाट साइबर बुलिङमा परेकी हुन् ।

ज्योति जेन–जी आन्दोलनपश्चात् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा खुलेर लागेकी थिइन् । उनले रास्वपा र यस दलमा आबद्ध नेताहरूको खुलेर आलोचना गर्दै आएकी छन् । उनले एमालेको पक्षमा भोटसमेत मागिन् । उनको अपराध यति हो, अन्य कयौँ कलाकार रास्वपाको पक्षमा प्रचारमै लाग्दा ज्योतिले एमालेलाई साथ दिइन् ।

यही कारण उनी रास्वपाका समर्थकको आक्रमणमा परेकी हुन् । सार्वजनिक स्टेजदेखि सामाजिक सञ्जालमा पनि उनीमाथि आक्रमण जारी छ। सार्वजनिक स्थानमा पढ्न, सुन्न र बोल्न नसकिने शब्दले उनलाई सामाजिक सञ्जालमा गालीको बर्षा गरिएको छ।

कुनै बेला एकजना नाबालिक गायिकामाथि यस्तै तहका गालीगलौज गरिन्थ्यो । उनी आफू पीडित हुँदा हुँदै पनि १० लाखेदेखि आफ्ना आइडल हिरोलाई फसाउने केटी भनेर उनलाई अनेक अपाच्य शब्दले गाली बर्साइन्थ्यो । अहिले त्यही तहको गालीगलौज र दुर्व्यवहार ज्योतिले भोगिरहेकी छन् ।

अहिले सुन्न र पढ्नै नसकिने गाली उनले एमालेको समर्थक भएकै कारण हो । बहुदलीय व्यवस्थामा कुनै दललाई समर्थन या विरोध गर्नु एकजना नागरिकको नैसर्गिक अधिकार हो । ज्योतिले त्यति गरेकै भरमा रास्वपा समर्थक र कार्यकताहरू उनीमाथि अराजक शैलीमा प्रस्तुत भइरहेका छन् ।

जसरी हिजो एमालेकै पक्षमा वकालत गर्ने, सार्वजनिक रुपमा बोल्ने प्रकाश सपुत र रिमा विश्वकर्माले रास्वपा प्रवेश गर्ने अधिकार प्रयोग गरे, त्यसरी नै ज्योतिले एमालेको समर्थन गर्ने अधिकार प्रयोग गर्दा आक्रमण भइरहेको छ ।

चैत ६ गते हेटौँडामा कन्सर्ट भएको जानकारी दिन सार्वजनिक गरेको भिडियो सामाग्रीको कमेन्ट झन् अराजक केमन्टहरू आएका छन् ।

एमालेको समर्थक भएकाले नै उनलाई ‘बहिष्कार’ गर्नुपर्ने प्रतिक्रिया सामाजिक सञ्जालमा उठेको छ ।

ज्योतिलाई बुलिङ गर्नेमा महिला र पुरुष दुवै छन् । मनमति विष्टले लेखेकी छन्, ‘तँ जस्तो …डी । आइमाइको नाममा कलंकलाई बहिष्कार गर्नुपर्छ ।’

विष्ट रास्वपा सभापति रवि लामिछानेका कट्टर समर्थक हुन् । उनको वाल रविको भिडियोले भरिपूर्ण छ ।

रास्वका अर्का समर्थक डिक श्रेष्ठले लेखेका छन्, ‘घन्टीका समर्थकहरूले यसको कार्यक्रम बहिष्कार गर्‍यो भने भोलिदेखि बाटौमै मागेर खानुपर्ने हुनसक्छ । यसलाई सबैले सबक सिकाउनु जरुरी छ ।’

युगिन लामा नामले ज्योतिलाई बोक्सी भनेर सम्बोधन गरेका छन् । उनले लेखेका छन्, ‘कोही पनि यो बोक्सीको कार्यक्रममा नआउनुहोला ।’

नन्द बहादुर पुन मगरले ज्योतिसँगै उनकी आमालाई समेत तुच्छ शब्द चयनले समेत बुलिङ गरेका छन् ।

उनले लेखेका छन्, ‘एकैचोटी पेट भरिएला महाको रन्.. आइमाई । त आइमाईलाई जन्माउने मगर भा..ल..नी जस्तो छ ।’

मनिष क्षेत्रीले कार्यक्रममा चप्पल हान्ने धम्की दिएका छन् ।

पागल, बे’श्या, एमालेकी झोली, बाँदर्नी, जस्ता शब्द प्रयोाग गरेर उनलाई गाली गरिएको छ ।

ज्योति बुलिङमा परेको र बहिष्कारको ट्रेन्ड चलेको सामाचार बाहिरिएका छन् । तर, कलाकार नै बढी आबद्ध रहेको स्वतन्त्र पार्टी मौन छ ।

मुलुकको ठूलो दलले आफूहरूको आलोचना गरेका कारण ‘अरुलाई बुलिङ गर्नु अपराध हो’ भनेर सार्वजनिक रुपमा बोल्ने नैतिकता देखाएको छैन ।

ज्योतिसँग विभिन्न कार्यक्रममा स्टेज सेयर गरेका रास्वपाका नेता बनेका प्रकाश सपुत पनि मैन छन् । प्रकाश आफैँलाई पनि बहिष्कारको ट्रेन्डमा पर्दाको मानसिक तनावबारे थाहा छ ।

सांसद बनेकी कलाकारिता पृष्ठभूमिकी रिमालगायत पनि चुप छन् । महिला संवेदनशीलतको विषयमा बोलिहाल्ने अन्य कलाकारहरू पनि यो विषयमा मौन छन् । सायद ज्योतिको पक्षमा बोल्न आफू पनि बुलिङ र बहिस्कारको शिकार भएकाले उनीहरू मौन बसेका हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  २ : ४७ बजे

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र