अमेरिकी तेल नाकाबन्दीको सामना गर्दै एक क्युवालीले चलाए कोइलाबाट गाडी « Khabarhub

अमेरिकी तेल नाकाबन्दीको सामना गर्दै एक क्युवालीले चलाए कोइलाबाट गाडी


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आठ कक्षासम्म पढेका क्युवाली मेकानिक ह्वान कार्लोस पिनोले अमेरिकी तेल नाकाबन्दीलाई चकित पार्ने उपाय फेला पारेका छन् । दशकौंसम्मको अमेरिकी प्रतिबन्धका कारण धेरै क्युवालीहरूले विकास गरेको जस्तै सिर्जनशीलताको प्रयोग गर्दै ५६ वर्षीय पिनोले आफ्नो १९८० मा पोल्याण्डमा बनेको ‘फियाट पोल्स्की’ कारलाई कोइलाबाट चल्ने बनाएको रोयटर्समा उल्लेख छ ।

अमेरिकाले जनवरीमा क्युबामा तेल ढुवानी बन्द गरेदेखि पेट्रोलभन्दा सस्तो र प्रचुर मात्रामा पाइने इन्धन कोइला बनेको छ । पिनोले हवानाबाट करिब ७० किलोमिटर (४५ माईल) पूर्वमा रहेको ५ हजार जनसङ्ख्या भएको शहर अग्वाकाटेस्थित आफ्नो वर्कशपमा यो मेसिन बनाएका हुन् । यो शहर कुनै समय अहिले बन्द भइसकेको चिनी कारखानामा निर्भर रहेर फस्टाएको थियो ।

आज यो शहर गाईवस्तु चरन र ढुङ्गा खानीहरूले घेरिएको छ, जहाँ मानिसहरू आफ्नो काँधमा लामो हाते आरा बोकेर काममा हिँड्ने गर्छन् । पछाडिपट्टि जोडिएको विशिष्ट ६० लिटर (१५ ग्यालन) को इन्धन ट्याङ्की भएको आफ्नो दुई सिलिन्डरको पोल्स्की कार खाल्डाखुल्डी सडकमा गुड्दै गर्दा, पिनो आफ्नो शहरमा एक प्रख्यात व्यक्ति बनेका छन् ।

शहरवासीहरू सेल्फी लिन भेला हुन्छन्, कोही पत्याउन नसक्ने भावमा हुन्छन् त कोही उनीहरूको लागि पनि यस्तै बनाइदिन सक्छन् कि भनेर सोध्छन् । ‘यस्तो संकटको बेला, हामीसँग भएको यो सबैभन्दा राम्रो विकल्प हो’, पिनोले भने, जो अब एउटा ट्रयाक्टरलाई पनि यसरी नै परिमार्जन गर्न चाहन्छन् । ‘हामीलाई गतिशीलता चाहिन्छ, हामी बाली लगाउन सक्षम हुनुपर्छ ।’

पिनोले आफ्नो यो उपकरण पूर्णतया कबाडी र पुनः प्रयोग गरिएका सामानहरूबाट बनाएका हुन् । ट्रान्सफर्मरको ढक्कनले बन्द गरिएको रूपान्तरित प्रोपेन ट्याङ्कीभित्र कोइला बल्छ । पुराना लुगाहरू खाँदिएको स्टेनलेस स्टीलको दूधको जगबाट फिल्टर बनाइएको छ ।

सोभियत शैलीको नियन्त्रित अर्थतन्त्र भएको क्युबामा अभाव लामो समयदेखि एक निरन्तर समस्या हो । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अपदस्थ गरेपछि यो अवस्था झनै खराब भएको । जसले भेनेजुएलाको तेल कटौती ग¥यो र क्युबालाई इन्धन आपूर्ति गर्ने अन्य कुनै पनि देशहरूमाथि ट्यारिफ (भन्सार महसुल) लगाउने धम्की दिएको छ ।

अहिले बिजुली कटौती सामान्य कुरा भइसकेको छ । कालो बजारमा पेट्रोल प्रति लिटर ८ डलर वा प्रति ग्यालन ३० अमेरिकी डलरमा बिक्री हुन्छ । जुन आधिकारिक मूल्यभन्दा छ गुणा बढी हो । पिनोले एकपटक मोटरसाइकलबाट एकैपटकमा तीनवटा गाई दुहुने मेसिन बनाएका थिए ।

उनले आफ्ना स्वर्गीय काकाबाट सुरुमा प्रेरित भएर, कोइलाबाट चल्ने अटोमोबाइलको बारेमा केही वर्षदेखि विचार गरिरहेको बताए । पिनोले आफ्नो नयाँ प्रयोगको श्रेय ड्राइभरअनवास्ट डटकमका पछाडि रहेका अर्जेन्टिनी नवप्रवर्तक एडमन्डो रामोसद्वारा प्रवद्र्धित ओपन–सोर्स टेक्नोलोजीलाई दिएका छन् । एक अन्तर्वार्तामा रामोसले अन्य क्युवालीहरूले पनि उनलाई सुझाव माग्दै फोन गरेको बताएका छन् ।

उनले कार्बोरेटरमा पेट्रोलको सट्टा तातो ग्यास तानेर लगभग कुनै पनि इन्जिनलाई कोइलाबाट चल्ने बनाउन सकिने बताएका छन् । पिनोले मार्च ४ मा कोइलाबाट चल्ने पोल्स्की कार सडकमा निकालेका थिए । एउटा प्रारम्भिक परीक्षणमा कारले ७० किमी प्रति घण्टा (४३ माइल प्रति घण्टा) को उच्च गतिमा पुग्दै ८५–किमी (५३–माइल) को यात्रा पूरा गरेको थियो । उनको सो कामबाट क्युवालीहरू चकित भएका छन् । अमेरिकी प्रतिबन्धले पैदा गरेको उर्जाको भयाभह संकटमा पिनोले गरेको अन्वेषणले जुनकिरीको काम गरेको पनि धेरैको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ३ : ३९ बजे

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि