होर्मुज जलक्षेत्रबाट एकजना नेपाली इरानी सेनाको नियन्त्रणमा « Khabarhub

होर्मुज जलक्षेत्रबाट एकजना नेपाली इरानी सेनाको नियन्त्रणमा


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा काम गर्दै आएका एकजना नेपाली इरानी सेनाको कब्जामा परेका छन् ।

परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख एवम् सहसचिव रामकाजी खड्काले होर्मुज जलक्षेत्रबाट एकजना नेपालीलाई इरानी सेनाले नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।

पानी जहाजमा काम गर्दै आएका ती नेपाली अमृत झालाई इरानी सेनाले कब्जामा लिएको हो। इरानी सेनाको कब्जामा परेका झाको नेपालस्थित ठेगाना खुलिनसकेको परराष्ट्र मन्त्रालयले शुक्रबार जनाएको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा होर्मुज जलक्षेत्रबाट नियन्त्रणमा लिइएका नेपाली पानी जहाज चालक दलका सदस्य रहेको जनाएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ४ : ०५ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले