मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण « Khabarhub

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज विभिन्न मन्त्रीहरूको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

वन तथा वातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा सरकारका उच्चपदस्थ पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईं, परराष्ट्रमन्त्री बालानन्द शर्मा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले संयुक्त रूपमा विभिन्न प्रजातिका बिरुवाहरू रोपको हुन् ।

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे । उनले तीव्र सहरीकरणका कारण हरियाली क्षेत्र घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारी निकायहरूले हरित पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

‘संसद् भवन जस्तो महत्त्वपूर्ण संरचना वरपर हरियाली कायम गर्नु केवल सौन्दर्यको विषय मात्र नभई वातावरणीय सन्तुलन कायम गर्ने दीर्घकालीन रणनीति हो’ उनले भने ।

आज संसद् भवन परिसरमा रुद्राक्ष, कपुर, धुपी र समीका बिरुवाहरू रोपिएको वन तथा भू–संरक्षण विभागका वन व्यवस्थापन महाशाखाका उपमहानिर्देशक धनञ्जय लामिछानेले जानकारी दिए । उनका अनुसार यी बिरुवाहरू वातावरणीय हिसाबले उपयोगी हुनुका साथै धार्मिक र सांस्कृतिक महत्वसमेत बोकेका छन् ।

उक्त वृक्षारोपण कार्यक्रमले निर्माणाधीन संसद भवन परिसरलाई हराभरा र वातावरणमैत्री बनाउने लक्ष्य लिएको तथा यसले नागरिकहरूमा वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको उपमहानिर्देशक लामिछानेको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ९ : २१ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग