आज २०८३ साल वैशाख ७ गते सोमबारको राशिफल   « Khabarhub

आज २०८३ साल वैशाख ७ गते सोमबारको राशिफल  


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख ७ गते सोमबार। वैशाख शुक्ल पक्षको तृतिया तिथि । अक्षय तृतीया व्रत, शिव पार्वती विवाह महोत्सव र राष्ट्रिय याक दिवस  तदनुसार सन्  २०२६  अप्रिल २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुने योग छ।

वृष : दिन धेरै राम्रो छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन तनावपूर्ण हुनसक्छ। राम्रो गरे पनि नराम्रा कामको दोष आइलाग्न सक्छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट मनमा सन्तोष मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कट : दिन राम्रो छ। मिहिनेत गरेमा आर्थिक उन्नति हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। रोजगारीमा फाइदा हुने दिन छ। परिवारमा भने विवाद हुनसक्ने जोखिम देखिन्छ। सोचेर बोल्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। योजना गोप्य राख्नु राम्रो हुन्छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ। शिक्षामा आफूले सोचेको जस्तो उन्नति हुने दिन छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। आज गरेको काममा राम्रो नतिजा आउनेछ ।

कन्या : आज श्रम बढी नै गर्नुपर्ने दिन छ। मिहिनेत गरेको ठाउँमा सानो कुरामा भए पनि प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्ने योग छ। पूर्वतर्फको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

तुला : नयाँ कामको सुरुवात नगर्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रको लगानीले उत्साह बढाउने छ। मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : तपाईंले गरेको श्रमको मूल्यांकन हुनेछ। शिक्षामा उन्नति हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। मन अशान्त हुने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आज खर्च बढ्नेछ। आफन्तले तपाईंलाई फसाउने खतरा छ। मनको कुरा सार्वजनिक नगर्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा खरो ढंगले प्रस्तुत हुनुपर्ने दिन छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : आम्दानीबाट थोरै रकम परोपकारमा खर्च गर्नु उचित हुन्छ। प्रप्त सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुन्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। आज सुधारका संकेत देखिनेछन्।

कुम्भ : संघर्ष गरेर अगाडि बढ्नुपर्ने दिन छ। तपाईंको कामको सम्मान प्राप्त हुनेछ। बोल्न नजान्दा शब्द जालमा पर्ने जोखिम हुनसक्छ। न्यायपूर्वक गरेको श्रमको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। आज शुभ खबर सुन्दा मन हर्षित हुनेछ । आम्दानीका नयाँ स्रोत पहिचान हुनेछ । कतै रमाइलो यात्रा तय हुनेछ। परिवारको साथ मिल्नेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने समय छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ५ : ५१ बजे

घरजग्गा कारोबारबाट वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं– घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र

२४ घण्टामा एक हजार ९६२ जना ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार

प्रतिनिधिसभा : आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सडक मार्गलाई सुरक्षित बनाउनुपर्नेदेखि रातो

सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको आदेश

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम आएका रिट निवेदन

भरतपुरका सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार हटाइँदै

चितवन– भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित