विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा « Khabarhub

विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दोहा – मध्यपूर्व युद्ध सुरु भएदेखि पहिलो पटक विदेशी एयरलाइन्सबाट उडानहरू आफ्नो मुख्य विमानस्थलमा अवतरण गर्न अनुमति दिन सुरु गर्न लागिएको कतारको उड्डयन प्राधिकरणले सोमबार जानकारी गराएको छ ।

कतार नागरिक उड्डयन प्राधिकरणले हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतारमा विदेशी एयरलाइन्सको उडान क्रमिक रुपमा सुरु गर्ने घोषणा गर्दै ‘एयरमेन’लाई सूचना जारी गरेको छ ।

गत फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि वासिङ्टन र तेहरानले दुई साताका लागि युद्धविराम घोषणा गरेका थिए ।

खाडी मुलुकहरू विरुद्ध इरानको प्रतिशोधात्मक ड्रोन र क्षेप्यास्त्र अभियानका बीच कतारले आफ्नो हवाई क्षेत्र बन्द गर्यो र मार्च ७ मा केवल राष्ट्रिय ध्वजावाहक कतार एयरवेजको उडानका लागि मार्ग प्रशस्त गदैृसीमित यातायातका लागि आंशिक रूपमा उडान खुला गरेको थियो ।

कतारी उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सका लागि उडान पुनः खोल्ने निर्णय ‘स्थितिको विस्तृत मूल्याङ्कनपछि गरेको’ र ‘सबैको सुरक्षा आफ्नो उच्च प्राथमिकतामा रहेको बताएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ८ : ११ बजे

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई