बेमौसमी फलफूलले रोगी बन्दै उपभोक्ता : पोषणविद्का कस्ता छन् सुझाव ? « Khabarhub

बेमौसमी फलफूलले रोगी बन्दै उपभोक्ता : पोषणविद्का कस्ता छन् सुझाव ?

उपभोक्ताको रोजाइमा बेमौसमी फलफूल, रसायनको प्रयोगले स्वास्थ्यमा गम्भीर जोखिम


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बजारमा अहिले वर्षैभरि विभिन्न प्रकारका फलफूल सहज रूपमा पाइन्छन् । प्रविधिको विकास, कोल्ड स्टोरेज, आयात तथा कृत्रिम उत्पादन प्रणालीका कारण मौसमभन्दा बाहिरका फलफूल पनि उपभोक्ताको पहुँचमा पुगेका छन् । तर बेमौसमी फलफूलको बढ्दो प्रयोगसँगै यसको स्वास्थ्य प्रभावबारे चासो बढ्न थालेको छ ।

स्वास्थ्यविज्ञका अनुसार प्राकृतिक मौसमअनुसार फल्ने फलफूलमा पोषक तत्व बढी सन्तुलित हुने गर्छ । मौसमअनुसार उत्पादन भएका फलफूलमा शरीरलाई आवश्यक भिटामिन, मिनरल र एन्टिअक्सिडेन्ट पर्याप्त मात्रामा पाइने भएकाले यस्ता फलफूल स्वास्थ्यका लागि लाभदायी मानिन्छन् ।

तर बेमौसमी रूपमा उत्पादन गरिएका केही फलफूलमा रासायनिक पदार्थ, कृत्रिम पकाउने औषधि तथा अत्यधिक संरक्षण विधि प्रयोग हुने जोखिम रहन्छ । विशेषगरी क्याल्सियम कार्बाइडजस्ता रसायन प्रयोग गरी पकाइएका फलफूलले पेटसम्बन्धी समस्या, एलर्जी, टाउको दुख्ने तथा स्वास्थ्यमा दीर्घकालीन असर पुर्‍याउन सक्ने चिकित्सकको भनाइ छ ।

प्रविधिको विकास र बढ्दो व्यापारीकरणका कारण बजारमा बाह्रैमास विभिन्न प्रकारका फलफूल उपलब्ध हुन थालेका छन् । यद्यपि, यस्ता बेमौसमी र कृत्रिम रूपमा पकाइने फलफूलको उपभोग स्वास्थ्यका लागि गम्भीर चुनौती बन्दै गएको पोषणविद् शारदा खनालले बताएकी छिन् ।

पोषणविद् खनालले परम्परागत वा शास्त्रीय दृष्टिकोणमा पनि ऋतुअनुसारको खानपानको विशिष्ट महत्त्व रहेको उल्लेख गर्दै मौसमी फलफूलको सेवनले मात्र शरीरलाई सर्वश्रेष्ठ परिणाम दिने स्पष्ट पारिन् ।

रासायनिक मल र विषादीको बढ्दो जोखिम
कृषिमा प्रविधिको विकासले बेमौसममा पनि उत्पादन सम्भव भए तापनि रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले फलफूलको प्राकृतिक गुणस्तर नष्ट गरिरहेको उनको भनाइ छ ।

विगतमा प्राङ्गारिक मलको प्रयोगले माटो र बाली दुवैको प्राकृतिक गुण कायम रहने गरेकोमा पछिल्ला दशकमा युरिया जस्ता रासायनिक मलको तीव्र प्रयोगले माटोको उर्वरा शक्ति र बनावटमै ह्रास आएको खनालले औंल्याइन् ।

सहरी क्षेत्रमा बस्ने मानिसको जीवनशैली निष्क्रिय हुँदै गएको र आफ्नै बारीबगैँचा नहुँदा बजारकै भर पर्नुपर्ने बाध्यता छ । पोषणविद् खनाल भन्छिन्, “अहिले बजारमा रसायन नहालेका फलफूल वा तरकारी मुस्किलले एकदेखि दुई प्रतिशत मात्र पाइन्छन् । उपभोक्ताले किनेर ल्याउने बित्तिकै खाने बानी परिवर्तन गर्नुपर्छ ।”

कृत्रिम रूपमा पकाइने आँप र यसको असर
नेपालमा प्राकृतिक रूपमा आँप पाक्ने मौसम (जेठ अन्तिम वा असार) अगावै बजारमा छ्यापछ्याप्ती आँप आउनुमा कृत्रिम रसायनको भूमिका रहेको पोषणविद् खनालले बताइन् । आँप आफैँले इथिलिन ग्यास उत्पादन गरेर पाक्नुपर्नेमा बजारमा चाँडो पकाउनका लागि सस्तो र सहजै उपलब्ध हुने क्याल्सियम कार्बाइड र इथियोफन जस्ता ग्यासको बाह्य प्रयोग भइरहेको छ ।

क्याल्सियम कार्बाइडको प्रयोगले फलफूलमा आर्सेनिक र फस्फोरस जस्ता हानिकारक यौगिकहरू उत्पन्न गराउँछ, जसले मानव शरीरमा गम्भीर असर पुर्‍याउँछ । आयुर्वेदको दृष्टिकोण (रस, गुण, वीर्य, विपाक) बाट हेर्दा पनि बेमौसमी आँप स्वादहीन हुनुका साथै यसले शरीरलाई तागत दिनुको सट्टा पचाउन गाह्रो बनाउने र पेट भारी गराउने जस्ता स्वास्थ्यमा प्रतिकूल असर पार्ने खनालको भनाइ छ ।

बजार अनुगमन र नियमनको खाँचो
फलफूल तथा तरकारीमा विषादीको मात्रा र खान अयोग्य प्रमाणित हुने मापदण्डबारे स्पष्ट कानुनी व्यवस्था र अनुगमन संयन्त्र हुनुपर्नेमा खनालले जोड दिइन् । खाद्य प्रविधिसँग जोडिएका यस्ता सीमा वा पारामिटर कति तोकिएका छन् भन्नेबारे पूर्ण जानकारी नभए तापनि राज्यस्तरबाटै यसको कडा नियमन र परीक्षण हुन जरुरी रहेको उनको धारणा छ ।

उपभोक्ताको सावधानी अपरिहार्य
विषादी र रसायनयुक्त फलफूल तथा तरकारीको प्रयोगबाट पूर्ण रूपमा अछूतो रहन नसकिए पनि उपभोक्ता आफैँ सजग भएर जोखिम न्यूनीकरण गर्न सकिने पोषणविद् खनालको सुझाव छ ।

उनका अनुसार टाढाको भूगोल वा विदेश थाइल्यान्ड, भारत, चीन लगायतका देशबाट आयातीत फलफूल लामो समय टिकाउन रसायन हालिने हुँदा स्थानीय र मौसमी उत्पादन नै रोज्नुपर्छ ।

बजारबाट ल्याएका फलफूल वा तरकारीलाई तुरुन्तै नखाई एक–दुई दिन राख्ने गर्नुपर्दछ । खाने बेलामा मनतातो पानीमा थोरै नुन हालेर केही समय भिजाएर मात्र खानु स्वास्थ्यका लागि उपयुक्त हुने उनको भनाइ छ ।

त्यस्तै हालको अवस्थामा तुलनात्मक रूपमा रैथाने वा साना खालका अम्बा जस्ता फलफूल रसायनबिना नै उपलब्ध हुने हुँदा यस्ता फलफूलको प्रयोग बढाउन सकिने उनले बताइन् ।

बजारबाट ल्याएका फलफूल वा तरकारीलाई तुरुन्तै नखाई एक–दुई दिन राख्ने गर्नुपर्दछ । खाने बेलामा मनतातो पानीमा थोरै नुन हालेर केही समय भिजाएर मात्र खानु स्वास्थ्यका लागि उपयुक्त हुने उनको भनाइ छ ।

अहिले बाह्रै महिना सबै मौसममा फलफूल बजारमा आकर्षक रूपमा राखिएका हुन्छन्। खानेबेलामा सकेसम्म मौसम अनुसारका फलफूलहरू मात्रै खान उनको सुझाव छ । देख्दा आकर्षक देखिए पनि यस्ता फलफूलहरूले स्वास्थ्यमा धेरै असर गर्ने उनले बताइन् ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ११ : ०४ बजे

एमालेको आरोप : सुकुम्वासीमाथि सरकारको अमानवीय व्यवहार रोकिएन

काठमाडौं- नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले उपत्यकासहित विभिन्न स्थानबाट हटाइएका

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

दैलेख– यहाँको भैरवी गाउँपालिका–१ स्थित जलजले क्षेत्रमा जमिनमुनि ठूलो परिमाणमा

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

हर्कले भने : यो सरकार संसद्‍प्रति जिम्मेवार छैन, हाम्रो विरोध रोकिँदैन

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सरकार

अभद्र गतिविधि गरेको भन्दै सभामुखले दिए श्रमसंस्कृतिका सांसदहरूलाई चेतावनी

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूलाई