पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल « Khabarhub

पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पर्सा– तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनमा समस्या भएको जनाएको छ ।

तथ्याङ्क समन्वय कार्यालय वीरगन्जका प्रमुख पुष्कर बिजुक्छेले पर्साका ठूला औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्याङ्क गणकलाई उपलब्ध नगराएको दाबी गरे । ‘पर्साका ठूला औद्योगिक प्रतिष्ठानमा पत्रसहित पुगेका आर्थिक गणनाको गणकहरूलाई खटाएका छौँ । तर, त्यहाँबाट आवश्यक पर्ने तथ्याङ्क पनि पाउन समस्या भइरहेको छ’, उनले भने, ‘यही जेठ ७ गते हुने समीक्षा बैठकमा तथ्याङ्क उपलब्ध नगराउने औद्योगिक प्रतिष्ठानहरूको सूचीका बारेमा छलफल गर्ने तयारी रहेको छ ।’

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले राज्यले गर्न खोजेको आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क दिन उद्योगी–व्यवसायी तयार रहेको पनि दाबी गरे । ‘कुनकुन औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्याङ्क दिएनन् भन्ने विषयमा कार्यालयले हामीसँग समन्वय गरेको छैन’, उनले भने, ‘सम्बन्धित कार्यालयले सङ्घलाई अनुरोध गरेको खण्डमा सङ्घले औद्योगिक प्रतिष्ठानहरूलाई पत्र लेखेरै भए पनि आर्थिक गणनामा सहभागी हुनका लागि अनुरोध गर्न र समन्वय गर्न हामी हरदम तयार रहेका छौँ ।’

पर्सामा तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्सा जिल्लाभरिमा २३ हजार ३०० प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखेकामा अहिलेसम्म १४ हजार १५६ वटा प्रतिष्ठानमा आर्थिक गणना सकिएको जनाएको छ । अहिले आर्थिक गणनाका लागि ६६ जना गणक र नौ जना सुपरीवेक्षक खटिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  १० : ३७ बजे

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को