एमालेको आरोप : सुकुम्वासीमाथि सरकारको अमानवीय व्यवहार रोकिएन « Khabarhub

एमालेको आरोप : सुकुम्वासीमाथि सरकारको अमानवीय व्यवहार रोकिएन


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले उपत्यकासहित विभिन्न स्थानबाट हटाइएका सुकुम्वासीमाथि वालेन्द्र शाह नेतृत्वको सरकारको अमानवीय व्यवहार नरोकिएको बताएका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको आकष्मिक समयमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘हिजो मात्रै नेपाल सरकारले गम्भीर त्रुटि गरेको छ। दिगो बसोबासको व्यवस्था नगरी सुकुमवासीलाई उठिबास लगाएको छ। त्यो सरकार यो जेठ, असार र साउनका हरेक परिवारलाई १५ /१५ हजार दिन्छौँ भन्दैछ । यसरी दैनिक एक सयका दरले कसरी एउटा परिवार काठमाडौंमा बाँच्न सक्छ?’, उनले भने, ‘यो सुकुम्वासीमाथि गरिएको अमानवीय हमला हो । अस्थायी बास बसेको ठाउँबाट उनीहरूलाई बलजफ्ति निकालिकएो छ। होल्डिङ सेन्टरमा अमानवीय व्यवहार भएको छ।’

उनले हचुवाका भरमा पुनर्स्थपनाका लागि भन्दै २५ हजार दिने कुराले सुकुम्वासीलाई झन् समस्यामा पार्ने पनि बताएका छन् । बरालले सरकारको यो किसिमको व्यवहारले समस्यामा परेका सुकुम्वासी झन् झन् अपमानित हुँदै गएको गुनासो गरे ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ११ : ४२ बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये