उपत्यकाका नदी किनारामा पुरानै निर्माण मापदण्ड « Khabarhub

उपत्यकाका नदी किनारामा पुरानै निर्माण मापदण्ड


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी तथा खोलाको किनारामा निर्माण अनुमतिसम्बन्धी यसअघिको आदेश पुनरावलोकन गर्दै पुरानै मापदण्ड कायम गरेको छ ।

न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले २०६५ मंसिर १ गते निर्धारण गरिएको मापदण्ड अनुसार नै निर्माण गर्न पाउने आदेश दिएको हो ।

आदेशअनुसार बागमती, विष्णुमती र मनोहरा नदी किनारामा २० मिटर छाडेर निर्माण गर्न पाइनेछ । धोबीखोलामा आयोजना लागू भएको क्षेत्रमा परियोजनाको प्लानिङ अनुसार निर्माण गर्न सकिनेछ भने प्लानिङ नभएको क्षेत्रमा ९ मिटर खाली राख्नुपर्नेछ ।

त्यस्तै नख्खु खोलामा १२ मिटर, बल्खु, कर्मनासा, कोइके, साले र महादेव खोलामा १० मिटर, करखुसी खोलामा ६ मिटर तथा टुकुचा, सामाखुसी लगायत अन्य खोलामा ४ मिटर छाड्नुपर्ने व्यवस्था कायम गरिएको छ ।

सर्वोच्चले कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न नपाइने पनि स्पष्ट गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ७ : ४९ बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत