रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर « Khabarhub

रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट २८५ जनाले रोजगारी पाएका छन् । अर्जुनधारा नगरपालिकाका १२१ र बिर्तामोड नगरपालिकाका १६४ बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी पाएका हुन् ।

अर्जुनधारा नगरपालिकाले स्थानीयस्तरमा रोजगारी, रोजगारकर्ता र रोजगारदाताबीच समन्वय गराई अवसर सिर्जना गर्ने उद्देश्यले तीनदिने रोजगार मेला आयोजना गरेको छ । अर्जुनधारा उद्योग वाणिज्य सङ्घको आयोजना तथा अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा यही असार ३ देखि ५ गतेसम्म शनिश्चरे बजारमा सञ्चालन भएको रोजगार मेला बेरोजगार युवालाई रोजगारीसँग जोड्ने महत्वपूर्ण माध्यम बनेको आयोजकले जनाएको छ ।

सङ्घका अध्यक्ष इन्दिवर खड्काका अनुसार मेलामार्फत चार जना ‘वेटर’, १० जना कुक, २० जना हाउसमेन, १३ जना सेक्युरिटी गार्ड, २५ पसलका कर्मचारी, छ केयरगिभर, पाँच शिक्षक, १० लोड–अनलोड गर्ने कर्मचारी, ड्राइभिङ लाइसेन्स प्राप्त १० जना र बाँकी अन्य क्षेत्रमन व्यक्तिले रोजगारी पाएका हुन् ।

मेलामा ब्युटीसियनतर्फ २५०, इलेक्टिसियनतर्फ ३००, कम्प्युटरसम्बन्धी तालिममा १२५ र वेटर, सेल्स, शिक्षक, लेखा, हाउसकिपिङ, बारिस्ता, मन्टेश्वरी, सेक्युरिटी र सहयोगीसम्बन्धी तालिम तथा परामर्शमा १५० जना सहभागी भएका थिए । त्यसैगरी बेकरीसम्बन्धी तालिममा १५० जनाले सहभागिता जनाएका उनले जानकारी दिए ।

करिब १८० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको मेलाबाट प्रारम्भिक चरणमा १२१ जनाले रोजगारी प्राप्त गरेका अध्यक्ष खड्काले जानकारी दिए । नगरपालिकाले रोजगारसम्बन्धी कार्य हेर्ने छुट्टै कर्मचारीको व्यवस्था गरे आगामी वर्षदेखि थप एक सय जनासम्मलाई रोजगारी दिलाउन सकिने उनको भनाइ छ ।

मेला समापन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले दक्ष जनशक्तिको अभाव र बेरोजगारी समस्या समाधानमा रोजगार मेला प्रभावकारी बनेको बताए। उनले यस्ता कार्यक्रम केही वर्षअघि सुरु हुनुपर्नेमा जोड दिँदै यस वर्षदेखि मेला आयोजना गरिएको बताए। आगामी वर्षहरूमा पनि यसलाई निरन्तर सञ्चालन गरिने जानकारी दिए। 

अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा रोजगार मेला सञ्चालन गरिएको थियो । यसअघि बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुईदिने ‘बिर्तामोड रोजगार मेला’बाट १६४ जना बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका थिए । 

बिर्तामोड उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आयोजित मेलामा एक हजार ७६ जनाले विभिन्न रोजगारीका लागि आवेदन दिएका थिए । तीमध्ये प्रारम्भिक चरणमा १६४ जना विभिन्न रोजगारदाता संस्थामा आबद्ध भएका हुन् ।

मेलाका सहजकर्ता पाथवे नेपालका सेवक बजगाईंका अनुसार दुई हजार ८७१ जनाले मेला अवलोकन गरेका थिए । बाँकी आवेदकलाई योग्यता, अनुभव र सीपका आधारमा उपयुक्त रोजगारदाता सङ्घसंस्थासँग समन्वय गरी आगामी दिनमा रोजगारीमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको छ ।

झापाका दुई स्थानीय तहले सञ्चालन गरेका यी रोजगार मेलाबाट हालसम्म कूल २८५ जना युवाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । स्थानीय सरकार, उद्योग–व्यवसायी र निजी क्षेत्रबीचको सहकार्यबाट सञ्चालन गरिएका यस्ता कार्यक्रमले बेरोजगारी न्यूनीकरण तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  १२ : ४२ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि