रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’ « Khabarhub

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गरेका छन् । चितवनमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पहिलो महाधिवेशनले पार्टी एकता गर्दै कुनै पनि व्यक्तिको अधिकारलाई कुण्ठित नगर्ने उल्लेख गरे ।

सभापति रविले लोकतान्त्रिक प्रक्रियामा भाग लिन पाउने सुविधा सबैलाई दिने बताउँदै लोकतान्त्रिक अधिकारको कुण्ठित भए दुर्घटना निम्त्याउने उल्लेख गरे । ‘अधिकार कुण्ठित भए दुर्घटना निम्त्याउँछ स्वस्थ प्रतिस्पर्धा गर्नुस्,’ रविले भने, ‘कुनै पनि प्यानल नबनाइकन एक्ला एक्लै लड्नुहोस् । विधानले तोकेको योग्यता पुगेका व्यक्तिहरूलाई लोकतान्त्रिक प्रक्रियामा भाग हुन छुट छ ।’

भोलिबाट चितवनमा हुन लागेको पार्टीको पहिलो महाधिवेशन चार वर्ष पछाडि हुन लागेको हो । पहिलो महाधिवेशन अगाडि बसेको अन्तिम पटकको केन्द्रीय कमिटी बैठकमा सभापति रवि लामिछाने भावुक हुँदै पार्टी दर्ता गर्ने बेलामा नागरिकताको समस्याले अड्किएको कुरा समेत सम्झिएका छन् ।

उनले चार वर्षको दौडानमा आफूलाई प्रहरीले हत्कडी लगाएर समातेको देखि सम्पूर्ण फेरिस्त केन्द्रीय कमिटी बैठकलाई सुनाए।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ५ : ४२ बजे

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर