रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’ « Khabarhub

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गरेका छन् । चितवनमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पहिलो महाधिवेशनले पार्टी एकता गर्दै कुनै पनि व्यक्तिको अधिकारलाई कुण्ठित नगर्ने उल्लेख गरे ।

सभापति रविले लोकतान्त्रिक प्रक्रियामा भाग लिन पाउने सुविधा सबैलाई दिने बताउँदै लोकतान्त्रिक अधिकारको कुण्ठित भए दुर्घटना निम्त्याउने उल्लेख गरे । ‘अधिकार कुण्ठित भए दुर्घटना निम्त्याउँछ स्वस्थ प्रतिस्पर्धा गर्नुस्,’ रविले भने, ‘कुनै पनि प्यानल नबनाइकन एक्ला एक्लै लड्नुहोस् । विधानले तोकेको योग्यता पुगेका व्यक्तिहरूलाई लोकतान्त्रिक प्रक्रियामा भाग हुन छुट छ ।’

भोलिबाट चितवनमा हुन लागेको पार्टीको पहिलो महाधिवेशन चार वर्ष पछाडि हुन लागेको हो । पहिलो महाधिवेशन अगाडि बसेको अन्तिम पटकको केन्द्रीय कमिटी बैठकमा सभापति रवि लामिछाने भावुक हुँदै पार्टी दर्ता गर्ने बेलामा नागरिकताको समस्याले अड्किएको कुरा समेत सम्झिएका छन् ।

उनले चार वर्षको दौडानमा आफूलाई प्रहरीले हत्कडी लगाएर समातेको देखि सम्पूर्ण फेरिस्त केन्द्रीय कमिटी बैठकलाई सुनाए।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ५ : ४२ बजे

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा