रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार « Khabarhub

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता, शुल्क तथा आवश्यक कागजातसम्बन्धी सूचना सार्वजनिक गरेको छ।

केन्द्रीय निर्वाचन आयोगले शुक्रबार जारी गरेको सूचनाअनुसार महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिन इच्छुक प्रतिनिधिहरूले तोकिएको शुल्क, प्रस्तावक, समर्थक तथा आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गर्नुपर्नेछ।

सूचनाअनुसार पार्टी सभापति पदका लागि उम्मेदवारी शुल्क ५१ हजार रुपैयाँ तोकिएको छ। यस पदका उम्मेदवारले एक जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर पेश गर्नुपर्नेछ।

त्यस्तै, पार्टी पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछ।

केन्द्रीय सदस्य पदका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको छ र यसका लागि पनि एक जना प्रस्तावक तथा २१ जना समर्थक अनिवार्य गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारका प्रस्तावक र समर्थक पार्टी सदस्य हुनुपर्ने तथा उनीहरूको नाम प्रतिनिधि नामावली सूचीमा समावेश भएको हुनुपर्ने जनाएको छ।

उम्मेदवारी दर्ताका लागि भरिएको मनोनयन पत्र, उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर, अनुशासन कारबाही नपरेको स्वघोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

रास्वपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनामा महाधिवेशनको उम्मेदवारी प्रक्रिया निर्धारित मापदण्डअनुसार पूरा गर्न सबै प्रतिनिधिलाई भनिएको छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ९ : २७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी