च्याउ टिप्न निकुञ्ज छिरेका कञ्चनपुरका १४ जना महिला सम्पर्कविहीन, खोजी कार्य जारी « Khabarhub

च्याउ टिप्न निकुञ्ज छिरेका कञ्चनपुरका १४ जना महिला सम्पर्कविहीन, खोजी कार्य जारी


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । भीमदत्त नगरपालिका–१९ स्थित बागफाँटाका महिला आइतबारदेखि सम्पर्कविहीन भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार उनीहरू आइतबार बिहान ११ बजेतिर च्याउ टिप्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र गएका थिए ।

बेपत्ता हुनेमा दशरथ टोलकी सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेको प्रहरीले जनाएको छ ।

उनीहरू दुईवटा छुट्टाछुट्टै समूह बनाएर च्याउ खोज्न जंगलतर्फ लागेका थिए । साँझसम्म पनि घर नफर्किएपछि आफन्त र प्रहरीले खोजी कार्य तीव्र बनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १० : १२ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र