अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र « Khabarhub

अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध लगातार नवौँ रात हवाई आक्रमण सञ्चालन गरेपछि मध्यपूर्वमा युद्ध थप चर्किएको छ। अमेरिकी आक्रमणसँगै कुवेत, बहराइन, जोर्डन र सिरियासम्म सुरक्षा अवस्था तनावपूर्ण बनेको छ भने इरानले पनि आफ्नो प्रतिआक्रमणलाई तीव्र बनाएको जनाएको छ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले आइतबार राति इरानमाथि नयाँ हवाई आक्रमण सुरु गरिएको पुष्टि गर्दै यसको उद्देश्य हर्मुज जलघाँटीमा व्यापारिक जहाज तथा नागरिक जलयातायातमाथि आक्रमण गर्न प्रयोग भइरहेका इरानी सैन्य क्षमतालाई कमजोर पार्नु रहेको जनाएको छ । सेन्टकमका अनुसार यो लगातार नवौँ रातको आक्रमण हो ।

यससँगै बहराइनले हवाई आक्रमणको साइरन बजाउँदै नागरिक तथा बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ । कुवेतले पनि इरानी आक्रमणपछि आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शत्रुतापूर्ण ड्रोनहरू अवरोध गरेको जनाएको छ । 

कुवेती सेनाका अनुसार सुनिएका विस्फोटहरू ती ड्रोनहरूलाई प्रतिरक्षा प्रणालीमार्फत निष्क्रिय पार्ने क्रममा भएका थिए । इरानको रिभोलुसनरी गार्ड्सले भने सिरियाको अल–तान्फ क्षेत्रमा रहेको शत्रुपक्षको विशेष अपरेसन कमान्ड सेन्टरमाथि ‘आश्चर्यजनक आक्रमण’ गरिएको दाबी गरेको छ । 

सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार उक्त आक्रमण दक्षिणपूर्वी इरानको इरानशहरमा मारिएका सैनिकहरूको बदलास्वरूप गरिएको हो ।

इरानले आइतबार कुवेतस्थित दुई अमेरिकी सैन्य अड्डालाई पनि लक्षित गरी आक्रमण गरेको जनाएको थियो । तेहरानले अमेरिकाले निर्माणाधीन आणविक ऊर्जा केन्द्रसहित यातायात तथा पूर्वाधार संरचनामाथि निरन्तर आक्रमण गरिरहेकाले त्यसको प्रतिकारस्वरूप आफ्ना कारबाही जारी रहेको दाबी गरेको छ । जोर्डनले पनि आइतबार आफ्नो आकाशमा प्रवेश गरेका मिसाइलहरू अवरोध गरेको जानकारी दिएको छ ।

फेब्रुअरी २८ देखि सुरु भएको युद्धको केन्द्रमा रहेको हर्मुज जलघाँटी अझै तनावको केन्द्र बनेको छ । विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने यो जलमार्गमा इरानले जहाज आवतजावतमा अवरोध गर्दै आएको छ ।

आइतबार रिभोलुसनरी गार्ड्सले जलघाँटी पार गर्ने प्रयास गरिरहेका चार जहाजमध्ये दुईलाई रोकेको र अन्य दुई जहाजले यात्रा नै स्थगित गरेको दाबी गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका अमेरिकी आक्रमणले अमेरिकी सैनिकमाथि भएका आक्रमणको कडा जवाफ दिएको बताएका छन् ।

सेन्टकमका अनुसार पछिल्ला घटनामा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता छन् । फेब्रुअरीदेखि जारी युद्धमा अमेरिकी सैन्य हताहतको पुष्टि भएको सङ्ख्या १७ पुगेको छ ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार हालैको लडाइँमा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।

युद्धसँगै कूटनीतिक प्रयास भने प्रभावहीन देखिएका छन् । विभिन्न मध्यस्थकर्ताले दुवै पक्षलाई पुनः वार्तामा फर्काउने प्रयास गरिरहेका भए पनि अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन । इरानका केन्द्रीय सैन्य कमान्डर अली अब्दुल्लाहीले थप अमेरिकी आक्रमण भए निर्णायक र विनाशकारी जवाफ दिइने चेतावनी दिएका छन् ।

यसैबीच, इरानको आणविक ऊर्जा सङ्गठनले अमेरिकाले देशको दक्षिणपश्चिममा रहेको निर्माणाधीन डार्कहोभिन आणविक ऊर्जा केन्द्रमा आक्रमण गरेको आरोप लगाउँदै त्यसलाई अन्तर्राष्ट्रिय कानूनविपरीतको आक्रामक कदम भनेको छ । 

संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले घटनाको अध्ययन भइरहेको जनाएको छ । एजेन्सीले उक्त केन्द्रमा आफ्नो पछिल्लो निरीक्षणका क्रममा कुनै पनि आणविक सामग्री नरहेको उल्लेख गरेको छ । आइएइएका महानिर्देशक राफेल ग्रोसीले सबै आणविक संरचनाको वरिपरि सैन्य संयम अपनाउन पुनः आग्रह गरेका थिए ।
 

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १२ : ३२ बजे

सोनम वाङ्चुकलाई तुरुन्तै मेदान्ता अस्पताल सार्नू : दिल्ली उच्च अदालत

काठमाडौं- दिल्ली उच्च अदालतले लामो समयदेखि अनसन बसिरहेका भारतका सामाजिक

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो

जानकी मन्दिर विवादबारे हर्कले भने, ‘म बाटैमा थिएँ, श्रमदातालाई अपमान गरेछन्’

काठमाडौं- जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ता र