आँखामा हिलो परेपछि माड्नुहुन्छ ? हुन सक्छ यस्तो जोखिम « Khabarhub

आँखामा हिलो परेपछि माड्नुहुन्छ ? हुन सक्छ यस्तो जोखिम


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– बर्सातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै चिकित्सकहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन् । 

भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामीमध्ये ३० प्रतिशत हाराहारी त्यस्ता बिरामी आउन थालेको भन्दै सजग रहन आग्रह गरिएको हो । 

अस्पतालका निर्देशक डा पुष्पा गिरी श्रेष्ठले नेपाल नेत्रज्योति सङ्घ भरतपुरबाट सञ्चालित भरतपुर आँखा अस्पतालसहित मातहतका सेकेण्डेरी अस्पताल, सर्जिकल सेन्टर र उपचार केन्द्रमा आउने बिरामीमा समस्या देखिएको बताइन् । 

दैनिक एक हजार ५०० हाराहारी बिरामी बहिरङ्ग सेवा लिन अस्पताल र मातहतका केन्द्रहरुमा आउने गर्दछन् । मुख्य रुपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन् । 

यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा छिरेर समस्या हुने गरेको छ । हिलो छिरेको आँखालाई मिचे पछि नानीमा सङ्क्रमण भएर बिरामीहरू आउने गरेको उनले बताइन् । 

असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन् । डा श्रेष्ठले भनिन्, ‘आँखामा हिलो परेपछि आफैँ औषधि किनेर प्रयोग गर्दा थप समस्या हुने गरेको छ ।’ 

आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार हुने केन्द्र वा अस्पतालमा जान उनले सुझाव दिइन् । आफू खुसी औषधि प्रयोग गरेका कारण पाँच प्रतिशत हाराहारी बिरामीमा घाउ बढेर अल्सर समेत हुने गरेको उनले बताइन् । 

नेपाल नेत्रज्योति सङ्घ चितवनको मुख्य अस्पताल भरतपुरमा रहेको छ । कावासोती र पर्साको ठोरीमा सेकेण्डेरी अस्पताल, चोरमाराको मध्यविन्दु र सर्लाहीको ईश्वर पुरमा सर्जिकल सेन्टर छ भने भरतपुरको ओरालोमा सिटी क्लिनिक छ । 

तीबाहेक १९ वटा आँखा उपचार केन्द्र विभिन्न जिल्लामा छन् । सर्लाहीको हरिपुर र धादिङको नेत्रावतीमा उपचार केन्द्र सुरु गर्ने तयारीमा छ । 

उनले सङ्घ मातहतका वा अन्य आँखा उपचार गर्ने केन्द्र वा अस्पतालमा आँखा देखाएर मात्र औषधि प्रयोग गर्न सुझाव दिइन् । 

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १ : ०८ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो