विपद् घटनामा २ जनाको मृत्यु, १५ घाइते « Khabarhub

विपद् घटनामा २ जनाको मृत्यु, १५ घाइते


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ६२ वटा विपद्जन्य घटना भएका छन् । ती घटनामा परी २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिनअनुसार सबैभन्दा बढी २६ वटा पहिरोका घटना भएका छन् ।

पहिरोमा २ जना घाइते भएका छन् भने ६ जना घाइते भएको विवरण छ । यस्तै, सर्पदंशका १३ घटनामा २ जनाको मृत्यु भएको छ र ११ जना घाइते भएका छन् ।

बाढीका ८, आगलागीका ८, चट्याङका ५ तथा जनावर आक्रमणका ५ घटना पनि दर्ता भएका छन् । बाढीका घटनाबाट १ जना प्रभावित भएका छन् भने जनावर आक्रमणबाट १ जना घाइते भएका छन् ।

विपद्का कारण ३६ वटा घरपरिवार प्रभावित भएका छन् । साथै ११ वटा सडक अवरुद्ध भएका छन् भने करिब १२ लाख ७९ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ ।

बुलेटिनअनुसार साउन ३ गते बिहान १० बजेदेखि साउन ४ गते बिहान १० बजेसम्मका घटनाहरूको विवरण समेटिएको हो । प्राधिकरणले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो तथा चट्याङबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १ : १७ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो