उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता « Khabarhub

उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरी भियतनाममा गत साता परेको भारी वर्षासँगै आएको आकस्मिक बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको विपद् तथा बाँध व्यवस्थापन प्राधिकरणले सोमबार जनाएको छ ।

प्राधिकरणका अनुसार विपद्मा परी १० जना घाइते भएका छन् । हताहत हुने सबै व्यक्तिलाई चाउ प्रान्तका रहेका छन् । गत बुधबारदेखि आइतबारसम्म परेको अविरल वर्षाका कारण उक्त क्षेत्रमा बाढी र पहिरो गएको थियो । विपद्ले व्यापक भौतिक क्षति पुर्‍याएको छ ।

प्रारम्भिक विवरणअनुसार ४२७ घर पूर्ण रूपमा ध्वस्त वा क्षतिग्रस्त भएका छन् भने उच्च जोखिमयुक्त क्षेत्रबाट करिब १४० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

विपद्बाट भएको आर्थिक क्षति करिब ३६२ दशमलव ४६ अर्ब भियतनामी डङ (करिब एक करोड ४३ लाख अमेरिकी डलर) बराबर रहेको अनुमान गरिएको छ ।

स्थानीय अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन तथा बेपत्ताको खोजी कार्य जारी राखेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  २ : २० बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो