प्रधानमन्त्रीले चासो लिएपछि सेयर बजार फर्कियो लयमा  « Khabarhub

प्रधानमन्त्रीले चासो लिएपछि सेयर बजार फर्कियो लयमा 


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र र पुँजीबजारका समस्याको विषयमा चासो लिएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ।

 पछिल्ला दिनमा प्रधानमन्त्री शाहले नीतिगत तथा कार्यक्रमिक सुधारको पहल गर्ने उद्देश्यले उद्योगी, व्यवसायी, पुँजीबजार र नियामक क्षेत्रका प्रतिनिधिहरूसँग श्रृङ्खलाबद्ध रूपले भेटघाट गरिरहेका छन् । 

प्रधानमन्त्रीले आर्थिक क्षेत्रमा चासो लिएसँगै निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शुक्रबारबाट उकालो लागेको हो । साताको पहिलो दिन सोमबार नेप्से ४१.७० अंकले बढ्यो । 

नेप्सेमा ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २७१९.२४ बिन्दुमा पुगेको हो । सोमबारको कारोबारमा २३९ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ३२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो ।

 तर, आज ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । नेप्से बढ्दा आज म्युचअल फन्ड बाहेक सबै उपसूचक हरिया बनेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ३ : ३९ बजे

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर