कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो « Khabarhub

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बुनिया- लोकतान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोपबाट हालसम्म कम्तीमा (३) जनाको मृत्यु भएको छ भने दुई हजार ३४४ जनामा सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै ३७ जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्युमध्ये एक हो। यसले प्रकोपको गम्भीरता झन् बढाएको अधिकारीहरूले बताएका छन्।

पूर्वी कङ्गोमा गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको प्रकोपमध्ये एक मानिएको छ। यसपटक देखिएको ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरस अन्य प्रकारको तुलनामा दुर्लभ भए पनि यसको रोकथामका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार विधि उपलब्ध छैन।

सबैभन्दा बढी प्रभावित इतुरी प्रान्तमा जारी सुरक्षा चुनौतीले रोग नियन्त्रण र उपचार अभियानमा थप कठिनाइ उत्पन्न गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोप घोषणा भएयता स्वास्थ्य केन्द्र र उपचार टोलीमाथि कम्तीमा १२ वटा आक्रमण भएका छन्, जसका कारण प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन प्रभावित बनेको छ।

यसैबीच, तलब नपाएको विरोधमा केही स्वास्थ्यकर्मीले काम छाडेपछि उपचार तथा निगरानी कार्यमा थप दबाब परेको छ। मन्त्रालयका अनुसार इबोला सङ्क्रमणका कारण हालसम्म कम्तीमा ३६ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ।

हाल ७२४ जना सङ्क्रमित आइसोलेसन केन्द्र तथा अस्पतालमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा सङ्क्रमण नियन्त्रण, बिरामीको उपचार, सम्पर्कमा आएका व्यक्तिको पहिचान तथा निगरानीका प्रयासलाई तीव्र बनाइएको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ४ : १४ बजे

होर्मुज संकट थप चर्कियो : हुथीको धम्की साउदी अरब पनि युद्धमा तानिने चिन्ता

काठमाडौं- मध्यपूर्वमा बढ्दो तनावबीच यमनका हुथी विद्रोहीको नयाँ चेतावनी आएको

तीन दलीय सरकार नबनाउने कांग्रेसको अडानले दबाबमा ओली-प्रचण्ड, एक अर्कामाथि शंकैशंका

काठमाडौं- नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धन फुटको डिलमा पुगेपछि प्रदेशका सरकारमाथि

जापानमा ‘क्रूर गर्मी’ को चेतावनी

टोकियो- जापानका विभिन्न सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि

फेरि पक्राउ परे व्यवसायी शंकर अग्रवाल

काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ परेका छन्

के विश्वविद्यालयको सम्बन्धन परिवर्तन नगरे यी कलेजका शैक्षिक कार्यक्रम बन्द हुन्छन् ?

काठमाडौं– सरकारले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३