इरानी हवाई आक्रमण विफल पारेको बहराइन र कुवेतको दाबी « Khabarhub

इरानी हवाई आक्रमण विफल पारेको बहराइन र कुवेतको दाबी


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनामा– बहराइन र कुवेतले सोमबार इरानबाट गरिएका हवाई आक्रमणका प्रयासलाई आफ्ना हवाई प्रतिरक्षा प्रणालीमार्फत विफल पारेको दाबी गरेका छन्। अमेरिका–इरानबीच एक साताभन्दा बढी समयदेखि जारी सैन्य तनावका बीच दुवै देशले पछिल्ला आक्रमणबारे जानकारी सार्वजनिक गरेका हुन्।

होर्मुज जलसन्धिमा ओमानतर्फ जाने जलमार्ग प्रयोग गर्ने जहाजलाई इरानी जलक्षेत्र प्रयोग गर्न बाध्य पार्ने प्रयासपछि अमेरिका–इरानबीचको कमजोर युद्धविराम लगभग भंग भएको बताइएको छ। त्यसयता दुवै पक्षबीच आक्रमण र प्रतिआक्रमण जारी रहेको जनाइएको छ।

अमेरिकी ‘फिफ्थ फ्लीट’ तैनाथ रहेको बहराइनले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानबाट गरिएका धेरै हवाई आक्रमणका प्रयासलाई अवरोध गरी नष्ट गरेको जनाएको छ। कुवेतको सेनाले पनि इरानबाट आक्रमण भएको पुष्टि गरेको छ।

यसअघि सोमबार इरानको रिभोलुसनरी गार्ड्सले कुवेतस्थित अमेरिकी सैन्य लक्ष्यमा प्रहार गरेको दाबी गरेको थियो।

बहराइनको राजधानी मनामामा रहेका एएफपीका संवाददाताका अनुसार साइरन बजेसँगै विस्फोटका आवाज सुनिएका थिए। बहराइनस्थित अमेरिकी दूतावासले इरानले मनामाका केही स्थानलाई लक्षित गर्न सक्ने सम्भावित जोखिमबारे सूचना प्राप्त भएको जनाएको छ। 

दूतावासले त्यहाँ रहेका अमेरिकी नागरिकलाई सतर्क रहन, स्थानीय अधिकारीको निर्देशन पालना गर्न तथा दूतावासबाट जारी सुरक्षा सूचनामा ध्यान दिन आग्रह गरेको छ।

यसै महिना अमेरिका र इरानबीच युद्धविराम तथा समझदारीपत्रमा हस्ताक्षर भए पनि त्यसपछि पुनः द्वन्द्व चर्किएको बताइएको छ। अमेरिकी सैन्य उपस्थितिका कारण कुवेत र बहराइन इरानी आक्रमणको मुख्य निशानामा परेको विश्लेषण गरिएको छ।

बहराइनले इरानमाथि सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएको छ। कुवेतले पनि पानी तथा विद्युत् उत्पादन केन्द्र र तेलसम्बन्धी पूर्वाधारमा इरानी आक्रमण भएको जनाएको छ। यद्यपि, यी दाबीहरूबारे इरानको आधिकारिक प्रतिक्रिया तत्काल प्राप्त हुन सकेको छैन।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ४ : ३१ बजे

सरकारविरुद्ध राहुल र प्रियङ्का गान्धी पनि सडकमा

काठमाडौं- राजधानी दिल्लीमा आयोजित प्रदर्शनमा सहभागीमाथि सुरक्षाकर्मीले लाठीचार्ज गरेपछि भारतमा

इरानको प्रतिकारमा अहिलेसम्म १७ अमेरिकी सैनिकको मृत्यु, ४३० भन्दा बढी घाइते

काठमाडौं– इरानमाथि आक्रमण गरेयता १७ जना अमेरिकी सैनिकको मृत्यु भएको

भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध आन्दोलन जारी

नयाँ दिल्ली- भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं– के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको छ

हिजो र आज दुवै नेतृत्वप्रति नागरिक निराश भए, यसबारे समीक्षा गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हिजोका र आजका दुवै