कीर्तिपुरमा कारभित्रै जलेका व्यक्ति नरदेवी निवासी ७० वर्षीय सुरेशचन्द्र « Khabarhub

कीर्तिपुरमा कारभित्रै जलेका व्यक्ति नरदेवी निवासी ७० वर्षीय सुरेशचन्द्र


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा कारभित्र जलेर ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। कारको चालक सिटमै जलेर मृत्यु भएको अवस्थामा भेटिएका व्यक्ति सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि भएको छ।

उनी काठमाडौंको नरदेवी निवासी ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ रहेको खुलेको छ । काठमाडौंको नरदेवीमा बसोबास गर्दै आएका उनी कीर्तिपुरको चाँदनी चोकस्थित खाली जग्गामा पार्किङ गरिएको कारभित्रै जलेर बितेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बा५च ३०३८ नम्बरको सेतो कार मंगलबार बिहान पार्किङ गरिएको अवस्थामा जलेको कारभित्रै श्रेष्ठ पनि खरानी भएका थिए । जलेर कंकाल मात्रै रहेको अवस्थामा भेटिएका श्रेष्ठको उनका नातेदारले सनाखत गरेका हुन् ।

जलेको उक्त कार पनि उनकै नाममा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताए।

उनका अनुसार कार चालक बाहिर ओर्लिनै नपाई भित्रबाटै आगो लागेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ५ : ३४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल