हङकङबाट देउवाको ५ बुँदे व्याख्या : सरकारप्रति आक्रमक, प्रतिपक्षी दल एकै ठाउँ उभिनुपर्ने जिकिर « Khabarhub

हङकङबाट देउवाको ५ बुँदे व्याख्या : सरकारप्रति आक्रमक, प्रतिपक्षी दल एकै ठाउँ उभिनुपर्ने जिकिर


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले हङकबाट राजनीतिक सन्देश जारी गरेका छन् । बुधबार मनाउन लागिएको बिपी स्मृति दिवसका सन्दर्भमा उनले सन्देश जारी गर्दै लोकतन्त्र, संविधान र राष्ट्रियता संकटमा परेको बताएका छन्।

उनले आफू स्वदेश फर्किन लागेको घोषणा पनि सन्देशमार्फत् गरेका छन्। जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा जारी सन्देशमा उनले पछिल्ला राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रतिशोधको राजनीतिविरुद्ध सबै लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरेका हुन्।

के भने सन्देशमा ?

देउवाले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति गरिरहेको, न्यायपालिका र संवैधानिक निकायमाथि दबाब बढेको तथा लोकतान्त्रिक मूल्य कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्।

बिपी कोइरालाको विचारप्रति प्रतिबद्धता जनाउँदै उनले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र राष्ट्रिय मेलमिलापको बिपीको सिद्धान्त नै आफ्नो राजनीतिक मार्गदर्शन भएको उल्लेख गरेका छन् । कांग्रेसले त्यही मूल्यका आधारमा अघि बढ्नुपर्ने पनि उनले बताएका छन्।

कांग्रेसलाई लोकतन्त्र रक्षा गर्ने जिम्मेवारी आएको उनको तर्क छ। वर्तमान परिस्थितिमा नेपाली कांग्रेसले प्रतिपक्षको भूमिकामा सीमित नभई लोकतन्त्र, संविधान, राष्ट्रियता र जनअधिकारको रक्षाका लागि अग्रसर हुनुपर्ने उनले बताएका छन्।

प्रतिशोध होइन, राष्ट्रिय एकता र सहकार्यमा जोड दिँदै उनले देशलाई अहिले विभाजनमा जान दिन नहुने तर्क गरेका छन् । देशलाई अहिले विभाजनभन्दा एकता, प्रतिशोधभन्दा सहकार्य र राजनीतिक संवाद आवश्यक रहेको भन्दै सबै राजनीतिक शक्ति, नागरिक समाज र युवालाई साझा प्रयासका लागि आह्वान गरेका छन्।

हाल पत्नी आरजु राणा देउवासहित हङकङमा रहेका उनले मुख्य रुपमा स्वदेश फर्कने घोषणा गरेका छन् । स्वास्थ्य उपचारका लागि विदेशमा रहे पनि देशको राजनीतिक अवस्थालाई निरन्तर नियालिरहेको उल्लेख गर्दै लोकतन्त्र, संविधानवाद र राष्ट्रिय हितको पक्षमा उभिन आफू स्वदेश फर्कन लागेको घोषणा गरेका छन्।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ६ : ३८ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्