बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो « Khabarhub

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको छ । यहाँ विगत तीन आर्थिक वर्षमा बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको छ ।   

गत आवमा यस अस्पतालको बहिरङ्ग सेवामा मात्र तीन लाख १७ हजार २६६ बिरामीले सेवा लिएका थिए । अस्पतालको तथ्यांकअनुसार आव २०८१-८२ मा दुई लाख ९६ हजार ५३८ तथा आव २०८०-८१ मा दुई लाख ४५ हजार ६९४ बिरामीले बहिरङ्ग सेवाबाट उपचार लिएका थिए । यहाँ दैनिक एक हजार २०० ले बहिरङ्ग सेवाबाट उपचार लिने गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक पुष्पराज आचार्यले जानकारी दिए। अस्पतालले अहिले बहिरङ्ग सेवाबाट २० प्रकारका उपचार सेवा दिँदै आएको छ ।

अस्पतालमा आउने बिरामीमध्ये ८५ प्रतिशत बिरामी स्वास्थ्य बिमाका रहेका छन् । उनका अनुसार गत आवमा दुई लाख ९५ हजार ४९ जनाले स्वास्थ्य बिमाबाट सेवा लिएका थिए । अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउने बिरामीको चाप पनि बढ्दै गएको छ । आकस्मिक कक्षमा आव २०८०-८१ मा १८ हजार १०७ जनाले सेवा लिएकामा आव २०८१-८२ मा २३ हजार ४६० र गत आवमा २७ हजार ६६ जनाले सेवा लिएका जनस्वास्थ्य निरीक्षक आचार्यले बताए। 

आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीमध्ये आव २०८०-८१ मा तीन हजार ९८० जना, आव २०८१-८२ मा चार हजार ५२० र गत आवमा चार हजार ६८५ जनाले भर्ना भएर सेवा लिएका थिए । 

यस अस्पतालमा प्रसूति सेवा लिने बिरामीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ । अस्पतालका अनुसार आव २०८०-८१ मा ७५५ जना, आव २०८१-८२ मा ७५२ जना र गत आवमा ९२५ जनाले प्रसूति सेवा लिएका थिए । अस्पतालमा प्रसूति सेवा सुरु भएपछि यस क्षेत्रका महिलालाई भरतपुर अस्पतालसम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । 

यस अस्पतालमा आएका बिरामीको गत आवमा एक हजार २७१ जनाको गम्भीर शल्यक्रिया गरिएको छ । आव २०८१-८२ मा एक हजार ३४ जनाको र आव २०८०-८१ मा एक हजार १८० जनाको गम्भीर शल्यक्रिया गरिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ९ : ५७ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र