फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु « Khabarhub

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला- मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय मिडियाले शुक्रबार जनाएका छन् ।

इलोइलो प्रान्तमा सन् २०२५ को सोही अवधिमा यस रोगबाट मृत्यु हुनेहरुको सङ्ख्याभन्दा दोब्बर छ । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार बासिन्दाहरूलाई जोखिमको सामना गर्नुपर्दा प्रोफिलेक्सिस वा निवारक एन्टिबायोटिकहरू लिन आग्रह गरिएको छ ।

लेप्टोस्पाइरोसिस एउटा ब्याक्टेरियाबाट फैलिने रोग हो जुन जनावरको पिसाबबाट फैलिन्छ, मुख्यतया मुसाहरूको पिसाबाट मानिसहरुमा फैलिएको जनाइएको छ ।

यसले मानिसहरूलाई दूषित पानी वा माटोको सम्पर्कमा आउँदा सङ्क्रमित गराउँछ । यस प्रान्तमा यस वर्षको जनवरी ४ देखि अगस्ट ८ सम्म ८४ वटा सङ्क्रमित घटना दर्ता भएका छन्, जसमध्ये ३२ वटा कृषिसँग सम्बन्धित छन् भने अधिकांश सङ्क्रमित बाढी प्रभावित क्षेत्रहरूमा दर्ता भएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ५ : २० बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच