फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु « Khabarhub

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु


५ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला- मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय मिडियाले शुक्रबार जनाएका छन् ।

इलोइलो प्रान्तमा सन् २०२५ को सोही अवधिमा यस रोगबाट मृत्यु हुनेहरुको सङ्ख्याभन्दा दोब्बर छ । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार बासिन्दाहरूलाई जोखिमको सामना गर्नुपर्दा प्रोफिलेक्सिस वा निवारक एन्टिबायोटिकहरू लिन आग्रह गरिएको छ ।

लेप्टोस्पाइरोसिस एउटा ब्याक्टेरियाबाट फैलिने रोग हो जुन जनावरको पिसाबबाट फैलिन्छ, मुख्यतया मुसाहरूको पिसाबाट मानिसहरुमा फैलिएको जनाइएको छ ।

यसले मानिसहरूलाई दूषित पानी वा माटोको सम्पर्कमा आउँदा सङ्क्रमित गराउँछ । यस प्रान्तमा यस वर्षको जनवरी ४ देखि अगस्ट ८ सम्म ८४ वटा सङ्क्रमित घटना दर्ता भएका छन्, जसमध्ये ३२ वटा कृषिसँग सम्बन्धित छन् भने अधिकांश सङ्क्रमित बाढी प्रभावित क्षेत्रहरूमा दर्ता भएका छन् ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ५ : २० बजे

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले