गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल « Khabarhub

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद चर्किरहेका बेला ‘विशेष महाधिवेशन’ पक्षबाट आयोजना हुने अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

कोइरालाले विशेष महाधिवेशन पक्षका गतिविधिलाई ‘अवैधानिक र विभाजनकारी’ भन्दै त्यस्ता कार्यक्रम आयोजना नगर्न र नगराउनसमेत अपिल गरेका हुन् । उनले पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई यस्तो गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन् ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उनको भनाइ छ । सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डिभिजन इजलासको निर्णयविरुद्ध पुनरावलोकनका लागि दिएको निवेदनमा सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको अनुमति ९निस्सा० दिइसकेको कोइरालाले उल्लेख गरेका छन् ।

मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशनको निर्णय गरी कार्यतालिका सार्वजनिक गर्नुले थप विवाद निम्त्याउने उनको तर्क छ ।

विशेष महाधिवेशनका कारण कांग्रेसको केन्द्रीय कार्यसमिति नै समानान्तर रूपमा विभाजित भएको भन्दै कोइरालाले थप अधिवेशन वा महाधिवेशन गरिए पार्टीका तल्लो तहसम्मै संरचनागत विभाजनको अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

पार्टी विभाजनको असर आगामी स्थानीय तह तथा प्रदेश सभा सदस्य निर्वाचनमा समेत पर्न सक्ने उनको भनाइ छ । कांग्रेसलाई सुदृढ, सबल र गतिशील बनाउन अहिले पार्टीभित्र सांगठनिक तथा भावनात्मक एकता कायम गर्नु आवश्यक रहेको कोइरालाले बताएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ८ : ५४ बजे

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा