१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी « Khabarhub

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको १५औं महाधिवेशनको कार्यतालिकाअनुसार कामकारबाही रोक्न भन्दै सर्वोच्चमा आफूले कुनै निवेदन नदिएको दाबी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले आफ्नातर्फबाट १५औं महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट लिएर गएको भनेर समाचारहरू सार्वजनिक भएको भन्दै ध्यानाकर्षण भएको बताएका हुन्।

‘आज विभिन्न सञ्चार माध्यमहरूमा मेरो तर्फबाट पार्टीको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट गएको तर सर्वोच्च अदालतले विभिन्न कारण देखाई रिट दर्ता नगरेको भनी आएका समाचारबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘प्रथमतः मेरो नामबाट–मेरो तर्फबाट आज सर्वोच्च अदालतमा कुनै रिट दर्ताका लागि नगएको कुरा म सबैमा प्रस्ट पार्न चाहन्छु। यस्तो संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिनु हुन, सामाजिक सञ्जालमा भ्रम नफैलाइदिनु हुन म सबैमा विनम्रताका साथ अनुरोध गर्न चाहन्छु।’

उनले पार्टीको संस्थापन समूहले १५औं महाधिवेशनको कार्यतालिका ल्याएकोप्रति पनि आपत्ति जनाएका छन्।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ९ : २० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका