गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ? « Khabarhub

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र हत्याको घटनामा सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताएका छन् ।

थापाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गरिमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।सभापति थापाले घटनाले आफूलाई अत्यन्तै दुःखी र स्तब्ध बनाएको बताएका हुन् ।

गरिमा हराएको दिनदेखि नै परिवारले राज्यको साथ खोजिरहेको उल्लेख गर्दै थापाले अझै पनि न्याय पाइने आशामा परिवारले सरकारलाई गुहारिरहेको बताएका छन् । ‘के सरकारले यो परिवारको पीडा बुझेको छ ? राज्यप्रति उनीहरूले राखेको आशा र भरोसाको गम्भीरता महसुस गरेको छ ?’ उनले प्रश्न गरेका छन् ।

घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम सजाय दिलाउन सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्ने थापाको भनाइ छ । साथै, यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी, संवेदनशील र जवाफदेही बनाउन तत्काल कदम चाल्न उनले सरकारसँग आग्रह गरेका छन् ।

गरिमाको घटनाले बालिका तथा किशोरीको सुरक्षाका लागि अझै धेरै काम गर्न बाँकी रहेको पुनः स्मरण गराएको थापाले बताएका छन् । ‘हरेक बालिका सुरक्षित, संरक्षित र न्यायप्रति विश्वस्त हुने वातावरण नबन्दासम्म हाम्रो जिम्मेवारी पूरा भएको मान्न सकिँदैन,’ उनले भनेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  १० : ४६ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको