आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६ सेप्टेम्बर २१ तारिख। भाद्र शुक्ल पक्षको दशमी तिथि। विश्व शान्ति दिवस र विश्व र अल्जाइमर्स दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा उदय हुनेछ। शिक्षामा प्रगति हुने योग छ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। जग्गाको कारोबारमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। दाजुभाइको साथ र सहयोग प्राप्त होला। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ।

मिथुन : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेत सफल बन्नेछ। स्वास्थ्यमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा संकटको सामना गर्नुपर्ने दिन छ। परिवारमा थोरै बोल्नु उचित हुन्छ।

कर्कट : उत्तम दिन छ  तपाईंको बोलीले काम बन्नेछन्। स्वास्थ्यमा समस्या भए सुधारका संकेत देखिनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। पारिवारिक  मेलमिलाप हुनेछ ।

सिंह : दिन राम्रो छ। अरुको विवादले तपाईंलाई नाफा हुनेछ। जग्गाको कारोबारमा लाभ होला। राजनीतिक क्षेत्रमा सहयोग मिल्नेछ। विपक्षीसँगै परिवारको साथ र सहयोग मिल्नेछ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। अग्रजसँग परामर्श गरेर काम गर्दा मन हलुका हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन सामान्य छ। दैनिक काममा अवरोध देखिने छ। साथीभाइले विरोध गर्नेछन्। संकटमा परिवारको साथ मिल्नेछ। स्वास्थ्य र शिक्षामा थप मिहिनेतको खाँचो देखिन्छ।

वृश्चिक : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। व्यापारमा नाफा हुनेछ। बौद्धिक साथीहरू विपक्षी कित्तामा पुगेकाले व्यवहार गर्दा सचेत बन्नु पर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। सम्पत्ति बढ्नेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। साथीको साथ मिल्नेछ। राजनीतिक क्षेत्रमा उच्च व्यक्तिको आर्शिवाद पाइने छ। सेवाका अवसरको सदुपयोग गर्नु उचित हुन्छ।

मकर : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। विपक्षी बौद्धिक भएकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ। शिक्षामा पहुँच विस्तार हुनेछ। व्यापारमा नाफा होला। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा समय खर्च नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। धार्मिक कार्यमा सहभागी भएर काम सुरु गरेमा फाइदा हुनेछ।

मीन : शुभ दिन छ । सानो कुराले मन प्रशन्न हुनेछ। आज सोचेका काम बन्नेछ । अग्रजको सम्मान गर्दा फाइदा हुनेछ ।  राजनीतिक क्षेत्रमा सोचेको काम बन्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नु उचित हुन्छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ५ : ११ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर