१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी « Khabarhub

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडले साविक विजेता रियल मड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको छ। दोस्रो हाफमा डिफेन्डर डिन ह्युइसेनले रातो कार्ड खाँदै मैदान छाड्नु परेपछि १० खेलाडीमा समेटिएको रियलले चिरप्रतिद्वन्द्वी एट्लेटिकोलाई नतिजा सुम्पिएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ दुवै टोलीले बराबरी खेलेका थिए। खेलको ५२ औँ मिनेटमा डिन ह्युइसेनले रातो कार्ड पाएपछि रियल संकटमा परेको थियो। त्यसको एक मिनेटलगत्तै पाएको पेनाल्टीलाई सदुपयोग गर्दै एलेक्स ग्रिमाल्डोले ५३ औँ मिनेटमा एट्लेटिकोलाई सुरुआती अग्रता दिलाए।

अग्रता लिएको ६ मिनेटमै एट्लेटिकोले दोस्रो गोल थप्यो। ५९ औँ मिनेटमा जियोभानी सिमेओनको पासमा जोनाथन डेभिडले गोल गर्दै टोलीको अग्रता २–० बनाए।

दुई गोलले पछि परेको रियलका लागि एन्टोनिओ रुडिगरले ८९ औँ मिनेटमा गोल गर्दै अन्तर घटाएका थिए। बर्नाडो सिल्भाको पासमा रुडिगरले गोल गरे पनि त्यो टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।

यो जितसँगै एट्लेटिको मड्रिडले घरेलु मैदानमा महत्त्वपूर्ण ३ अंक जोडेको छ भने डर्बी भिडन्तमा रियल मड्रिड स्तब्ध बनेको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ६ : २८ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित