एमालेले तय गर्‍यो केन्द्रीय कमिटीमा प्रस्तुत हुने एजेन्डा « Khabarhub

एमालेले तय गर्‍यो केन्द्रीय कमिटीमा प्रस्तुत हुने एजेन्डा


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने एजेन्डा तय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा सोमबार बसेको बैठकले केन्द्रीय कमिटीमा अध्यक्षको मन्तव्य, केही केन्द्रीय सदस्यहरूको मनोनयन, र अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुति तथा त्यसपछिको छलफल समावेश लगाएताका एजेण्डा तय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनले कार्यदलको प्रतिवेदन सचिवालयमा बैठकमा प्रस्तुत नभएको बताए । 

कार्यदलले सचिवालयमा आफ्नो प्रतिवेदन बुझाइसकेकाले अब कार्यदलको काम र भूमिका औपचारिक रूपमा सकिएको उनले बताए । 

कार्यदल देखाउन मात्र नभई तल्लो तहको समीक्षा र सुझाव संकलनका लागि बनेको भन्दै उनले तल्लो तहबाट आएका सुझावहरूलाई छुट्टै अनुसूचीमा नराखी प्रतिवेदनभित्रै समावेश गरिएको जानकारी दिए ।

साथै भट्टले प्रतिवेदनमा अध्यक्षको रिजर्भेसन रहेका विषयलाई पहिले नै प्रतिवेदनबाट हटाइसकिएकाले अब अध्यक्षको रिजर्भेसनको कुनै औचित्य वा विवाद बाँकी नरहेको उल्लेख गरे । प्रतिवेदनमाथि केन्द्रीय कमिटीमा नै थप छलफल हुने उनको भनाइ छ । 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १२ : ०४ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका